२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रश्नपत्रमा हदै लापरबाही

अ+ अ-

काठमाडौं । ‘दसैंमा के–के गरिन्छ’ भन्ने वाक्यलाई अंग्रेजीमा कसरी उच्चारण गरिन्छ ? अंग्रेजी भाषामा सामान्य ज्ञान भएका व्यक्तिका लागि कुनै कठिन प्रश्न होइन यो । धेरथोर अध्ययन गरेका विद्यार्थी र शिक्षकका लागि त झन् यो प्रश्न अत्यन्तै सहज हुनुपर्ने हो ।

तर, परीक्षामा प्रश्नपत्र निर्माणका लागि एकै ठाउँमा जम्मा भएका राजधानीका ४९ वटा सामुदायिक विद्यालयका शिक्षकले भने, ‘दसैंमा के–के गरिन्छ’ लाई अंग्रेजीमा ‘ह्वाट इज कन्फ्ल्टि’ भनेर अनुवाद गरेका छन् ।

सुन्दा पत्याउन नसकिने यो रोचक घटना काठमाडौंमा सञ्चालित पूर्वी क्षेत्रका अधिकांश सामुदायिक विद्यालयमा देखिएको हो । कक्षा ६ को सामाजिक अध्ययन तथा जनसंख्या शिक्षा विषयको पूरै प्रश्नपत्रमा नेपालीमा सोधिएका प्रश्न र त्यसको अंग्रेजी उच्चारणमा आकाश–जमिनको भिन्नता देखिएको छ । तर, यस विषयमा न जिल्ला शिक्षा कार्यालय काठमाडौंलाई जानकारी छ न त माध्यमिक तहसम्मको शिक्षा हेर्ने अधिकार पाएको स्थानीय तहलाई नै !

नेपाली विषयको पहिलो प्रश्नको ‘क’ नम्बरमा नेपालीमा सोधिएको छ, ‘गाविस भनेको के हो ?’ तर यसलाई अंग्रेजीमा भनिएको छ, ‘हाउ मेनी लेभल अफ गभर्नमेन्ट आर देअर इन फेडरल गभर्मेन्ट सिस्टम ?’ त्यस्तै अर्को प्रश्न नेपालीमा सोधिएको छ, ‘मानव बेचविखन भनेको के हो ?’ यसलाई अंग्रेजीमा सोधिएको छ, ‘ह्वाट इज द फुल फर्म अफ एटिएम ?’

६० पूर्णांक रहेको यस विषयको अधिकांश प्रश्नको नेपाली र अंग्रेजी उच्चारणमा केही पनि मिल्दैन । यति हुँदाहुँदै पनि परीक्षा समितिले नयाँ प्रश्नपत्र नछापी गत बिहीबार यही प्रश्नबाट परीक्षा सम्पन्न गरेको छ । पूर्वक्षेत्र परीक्षा समितिका अध्यक्ष रहेका नवीनग्राम माध्यमिक विद्यालय नांग्लेभारेका प्रधानाध्यापक गुरुप्रसाद दंगालले भने, ‘छापाखानामा छाप्ने बेला प्रश्नपत्र बिग्रेछ । परीक्षाको दिन मात्रै थाहा पायौं ।’

परीक्षा समितिका शिक्षकले नजानेर भन्दा पनि प्राविधिक त्रुटिका कारण प्रश्नपत्र बिग्रेको दाबी गरे । उनले भने, ‘परीक्षा हलमा परीक्षार्थीलाई नेपालीमा सोधिएका प्रश्न सही भएकाले अंग्रेजीमा अनुवाद गरिएकोलाई बिर्सेर नेपालीअनुसार हल गर्न भन्यौं ।’

काठमाडौंका जिल्ला शिक्षा अधिकारी प्रकाश सापकोटाले भने यस विषयमा सामाजिक सञ्जालबाट थाहा पाए पनि आधिकारिक जानकारी नआएको बताए । काठमाडौंका सामुदायिक विद्यालयले अनुकूल हुने गरी आफूखुसी समिति बनाएर परीक्षा चलाउने गरेका कारण कार्यालयलाई आधिकारिक जानकारी आउन नसकेको उनले बताए । ‘आफूखुसी कतै पश्चिम भेगीय समिति, कतै पूर्वी भेगीय समिति बनाएका छन् तर यस विषयमा जिल्ला शिक्षा कार्यालयमा कुनै व्यवस्था नै छैन’, उनले भने, ‘समिति नबनाऊ भनेर निर्देशन दिने हो भने पनि शिक्षकलाई कसैले तह लगाउन सक्ने अवस्था छैन । आफूखुसी गर्दा यस्तै समस्या आउँछ । एउटा समूहका शिक्षकको कमजोरीका कारण सबैको बेइज्जत हुन्छ ।’

प्रश्नपत्र निर्माणमा शिक्षकबाट लापरबाही भएको यो नयाँ घटना भने होइन । ०६९ सालमा पनि कक्षा आठको नैतिक शिक्षा विषयको जिल्लास्तरीय परीक्षामा अघिल्लो वर्षकै प्रश्न हुबहु सोधिएको थियो । यसरी अघिल्लो वर्षको हुबहु प्रश्न सोध्ने जिल्ला शिक्षा अधिकारी र प्रश्न बनाउने शिक्षकलाई सामान्य स्पष्टीकरण गरेर छाडिएको थियो । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments