२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कालिकोटमा कर्फ्यु : म्यादी प्रहरी र स्थानीयको प्रदर्शन उग्र

अ+ अ-

सुर्खेत । कालिकोटमा म्यादी प्रहरी र स्थानीयको प्रदर्शन उग्र बनेपछि स्थानीय प्रशासनले शनिबार कफ्र्यु आदेश जारी गरेको छ । अवस्था नियन्त्रणबाहिर जान लागेको भन्दै प्रशासनले शनिबार दिउँसो चार बजेबाट सदरमुकाम मान्ममा अनिश्चितकालीन कफ्र्यु लगाएको हो ।

प्रहरीको गोली लागेर शुक्रबार एक म्यादी प्रहरीको ज्यान गएपछि आक्रोशित प्रदर्शनकारीले शनिबार दिनभर मान्ममा प्रदर्शन गरे । जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय वार्तामा प्रशासनले माग पूरा गर्न आलटाल गरेको भन्दै उनीहरूले तोडफोडसमेत गरेका छन् । कफ्र्यु तोडेर प्रदर्शनकारीले ढुंगामुढा गरेपछि प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गर्दा दर्जन बढी प्रदर्शनकारी घाइते भएका छन् ।

म्यादी प्रहरीले निर्वाचनमा खटिँदाको ज्याला कम भएको गुनासो गरेपछि शुक्रबार प्रहरीसँग झडप भएको थियो । सोहीक्रममा प्रहरीले चलाएको गोली लागेर म्यादी प्रहरी विवेक ऐडीको ज्यान गएको थियो । घटनाको विरोधमा म्यादी प्रहरी, राजनीतिक दल र स्थानीयले संयुक्त प्रदर्शन सुरु गरेपछि शनिबार सदरमुकाम मान्म बन्द भयो । कर्णाली राजमार्गको कालिकोट खण्डमा समेत यातायात अवरुद्ध भएको छ । स्थानीय प्रशासनले गोलीले नभई ढुंगाले लागेर म्यादीको मृत्यु भएको भनेपछि स्थानीय बासिन्दा र दलसमेत आक्रोशित बनेका हुन् ।

स्थानीय बासिन्दाले गोली चलाउने प्रहरी, आदेश दिने सीडीओ र डीएसपीलाई तत्काल कारबाही गर्न माग गरेका छन् । मृतकलाई सहिद घोषणा, पीडित परिवारलाई २५ लाख क्षतिपूर्ति, म्यादी प्रहरीलाई उचित ज्याला दिनुपर्ने र घाइतेको निःशुल्क उपचार गर्नुपर्ने अडान संघर्ष समितिले लिएको छ । संघर्ष समितिले माग पूरा नभएसम्म आन्दोलन जारी रहने जनाएको छ । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।

0 Comments