२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपत्यकाको वायु खतरनाक, २४ सै घन्टा श्वास फेर्न अनुपयुक्त

अ+ अ-

काठमाडौं । उपत्यकामा वायु प्रदूषणको दर यतिविघ्न बढेको छ कि यहाँ २४ सै घन्टा श्वास फेर्नलायक वायु उपलब्ध छैन । प्रदूषणको दर बढ्दो क्रममा रहेकाले मानवजीवन प्रत्येक क्षण खतरातर्फ धकेलिँदो छ । सरकारी मापदण्डभन्दा वायु प्रदूषण दर पाँच गुणासम्म बढेको छ ।

विश्व स्वास्थ्य संगठनले सामान्य जीवनयापनका लागि २० माइक्रोग्राम पर मिटर क्युवसम्म वायु प्रदूषण हुँदा फरक नपर्ने मापदण्ड तय गरेको छ । तर, हाल उपत्यकाको वायु प्रदूषणको दर एक सय ४२ माइक्रोग्राम पर मिटर क्युवसम्म पुग्ने गरेको छ । सरकारले ४० माइक्रोग्राम पर मिटर क्युव मापदण्ड तोकेको छ । यो तथ्यांक केलाउँदा उपत्यकाको वायु २४ सै घन्टा श्वास फेर्नलायक नभएको तर्क गर्छन् वातावरणविद् र स्वास्थ्यकर्मी । केही दिनयता काठमाडौं उपत्यकाको तापक्रम २ डिग्री सेल्सियससम्म झर्दा वायु प्रदूषण ह्वात्तै बढेको देखिन्छ।

स–साना धुलोका कणबाट प्रदूषण बढ्नुमा सवारीसाधन नै जिम्मेवार भएको पाइएको छ । ३६ प्रतिशत प्रदूषण सवारीसाधनका कारण हुने गरेका छन् भने ६० प्रतिशत प्रदूषणमा सवारीसाधन र सडकका धुलो जिम्मेवार छन् । उपत्यकाको वायु अति प्रदूषित रहेकाले अहिले मास्कबिना हिँडडुल गर्नु आफैं खतरा निम्त्याउनु हो । स(साना धुलोको कण फोक्सो हुँदै रक्तनलीसम्म सहजै पुग्दा मानवस्वस्थ्यमा गम्भीर असर पर्छ।

त्रिवि शिक्षण अस्पतालका छातीरोग विशेषज्ञ चिकित्सक करवीरनाथ योगीले धुलो खाँदा मानिसको फोक्सोलगायत संवेदनशील अंगमा असर पुग्ने गरेको बताए । बिहान र बेलुकी कार्यालय समयमा प्रदूषणको दर बढी हुने गर्छ । सवारी चाप बढी हुँदा जाम हुने र धुलो बढी हुने गरेको छ ।

यातायात व्यवस्था विभागका प्रवक्ता टोकराज पाण्डे सवारी प्रदूषण नियन्त्रणमा कढाइसाथ काम भइरहेको जिकिर गर्छन् । सरकारी अधिकारीको जिकिर एकातर्फ भए पनि वायु प्रदूषण दर दैनिक बढ्दो क्रममा देखिएको छ । बढ्दो दरलाई घटाउन राज्यले तात्कालिक र दीर्घकालीन नियन्त्रणमा पहल गर्न सकेको छैन ।

केही टालटुले काम भए पनि योजनाबद्ध ढंगका काम नहुँदा प्रदूषण ज्यूँका त्यूँ रहेको सरोकारवालाको तर्क छ । उपत्यकाका सबैभन्दा प्रदूषित क्षेत्र वीरेन्द्र स्कुल र कालिमाटी क्षेत्र मानिन्छ।

एक वर्षअघि राष्ट्रिय योजना आयोगले वायु प्रदूषण अनुगमन गरी सरकारलाई प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनले तत्काल सडक कालोपत्रे गर्नुपर्ने, सवारी प्रदूषण जाँच प्रभावकारी बनाउनुपर्ने, आकाशेपुल निर्माणजस्ता अत्यावश्यक काम गर्न सुझाएको थियो । तर, सुझावअनुसार सरकारले काम नगर्दा प्रदूषणको दरमा कमी नआएको वातावरण विभाग वातावरणीय प्रदूषण नियन्त्रण शाखा प्रमुख शंकरप्रसाद पौडेल बताउँछन् ।

जाडो बढेसँगै आगो बाल्ने, तातो हावालाई माथिको चिसो हावाले बाहिरिन नदिने, धुवाँ बाहिर जान नसक्ने खाल्डोका रूपमा काठमाडौं रहेकाले दुई हजार आठ सय मिटरभन्दा माथि वायु बग्न नपाउँदा प्रदूषण बढेको विज्ञको दाबी छ । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।

Leave a Reply