९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोटीमा सुन्तलाको उत्पादन बढ्दो

अ+ अ-

डोटी । डोटीमा सुन्तलाको उत्पादन बर्सेनि बढ्दो अवस्थामा रहेको छ । नौ वटा स्थानीय तह रहेको डोटीमा तिन वटा स्थानीय तह सुन्तला उत्पादनको दृष्टिकोणले प्रख्यात मान्ने गरिन्छ । गत वर्ष भन्दा यस वर्ष उत्पादनमा वृद्धि भएको कृर्षि ज्ञान केन्द्र डोटीका प्रमुख गङ्गादत्त अवस्थीले बताए । 

डोटीमा आर्थिक वर्ष २०७८।०७९ मा सुन्तला उत्पादन २ हजार ९ सय ३२ मेट्रिक टन रहेको थियो भने आर्थिक वर्ष २०७९।८० मा आउँदा उत्पादन बढेर ३ हजार २ सय ४० मेट्रिक टन रहेको ज्ञान केन्द्र प्रमुख अवस्थीले बताए । गत वर्षको तुलनामा यस वर्ष ३ सय ८ मेट्रिक टन बढी रहेको पाइन्छ । 

किसानहरूले पछिल्लो समयमा सुन्तलाका बोटबिरुवाहरू काट छाड गर्ने, पेन्ट लगाउने, समय समयमा गोडमेल गर्ने, भिटामिन हाल्ने, सिचाई गर्ने कारणले उत्पादन बढेको प्रमुख अवस्थिले बताए । 

सुन्तलाको उत्पादन वृद्धि गर्न वार्षिक क्यालेन्डर अनुसार काम गर्नुपर्ने, व्यवस्थापनमा ध्यान दिनुपर्ने, सुन्तलामा देखिने ह्रास रोगको उपचारमा समयमै ध्यान दिन आवश्यक रहेको समेत प्रमुख अवस्थिले बताए । 

डोटीमा सुन्तला उत्पादनमा बढावा दिन ज्ञान केन्द्रले सुन्तला टिप्न सिडी, क्रेट, कैँची लगायतका आवश्यक विभिन्न सामाग्रीहरू सहयोग गर्दै आइरहेको छ भने आगामी दिनमा कृर्षि उपजलाई ब्रान्डीङ गरी बाहिर निर्यात गर्न आवश्यकता अनुसारका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने योजना रहेको समेत ज्ञान केन्द्र प्रमुख अवस्थिले बताए । 

सुन्तला उत्पादनको हिसाबले डोटीको बडीकेदार गाउँपालिका, बोगटान फुड्सिल गाउँपालिका र जोरायल गाउँपालिका बढी प्रख्यात मानिन्छन् तर जिल्लाका अन्य स्थानीयतहहरुमा पनि उत्पादन हुने गरेको ज्ञान केन्द्रले जनाएको छ । डोटीमा सुन्तला उत्पादन गर्ने किसानहरूले सामान्य रूपमा एक जनाले १०, १५ हजार  देखी दश लाख सम्मको सुन्तला बिक्री वितरण गर्दै आइरहेको पाइन्छ । 

पछिल्लो समयमा कृर्षि उपज सङ्कलनको लागि व्यापारीहरू किसानहरूको घरदैलोमा आउने गरेकोले किसानहरूले उत्पादन गरेका सुन्तला लगायतका कृर्षि उपजको लागि बजारीकरणको समस्या नरहेको कृर्षि ज्ञान केन्द्र डोटीले जनाएको छ । 

सुदूरपश्चिमका मुख्य सहरहरूमा सुन्तलाको बजार मूल्य प्रति केजी १ सय रुपियाँमा बिक्री वितरण हुने गरेको पाइए पनि किसानहरूले तुलनात्मक रूपमा प्रति केजी ४५ देखी ५० रुपियाँका दरले बारीमा बिक्री वितरण गर्ने गरेको पाइन्छ । डोटीको लागि सुन्तलाको मुख्य बजार धनगढी, नेपालगन्ज, बुटवल, काठमाडौँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस