२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्यालयमा योग सिकाउदै काठमाडौँ महानगर

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विद्यालयमा योग सिकाउने तयारी गरेको छ । महानगरले निदानात्मक उपचारका लागि योग र खेल सञ्चालन गर्ने मैदान निर्माणमा जोड दिएको हो ।

स्वास्थ्य तथा शिक्षा समितिका संयोजक चिनीकाजी महर्जनले नवौँ राष्ट्रिय योग दिवसका अवसरमा सोमबार स्वास्थ्य विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै सो जानकारी दिएका हुन् ।

महर्जनले भने, ‘विद्यालयहरूमा अक्षर मात्र सिकाउँदैनौँ । योगबाट सुखी हुने सीप पनि सिकाउँछौँ ।’ उपचारात्मक स्वास्थ्य सेवाभन्दा निदानात्मक उपचार पद्धतिमा महानगरपालिकाको जोड रहेको भन्दै उनले ज्ञान र विज्ञानलाई जोड्ने क्षमता योग विधामा रहेकाले यसलाई प्रवर्द्धन गर्नुपर्ने बताए ।

योगलाई जातीय, धार्मिक र साम्प्रदायिक सम्पत्तिका रूपमा नभई स्वास्थ्य मानव जीवनका लागि अपरिहार्य साझा सम्पत्तिका रूपमा विकास गर्नुपर्नेमा उनको जोड थियो ।

सहरबासीमा भएको शारीरिक निष्क्रियतालाई सक्रिय बनाएर नसर्ने रोगबाट बचाउने कार्यक्रमलाई महानगरपालिकाले प्राथमिकतामा राखेको स्वास्थ्य विभागका निमित्त प्रमुख सजिना महर्जनले बताइन् ।