२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाटामा जन्मिन्छन्, बाटैमा बित्छन्

अ+ अ-

बाजुरा । बूढीनन्दा नगरपालिका–८ की ३६ वर्षीया डोमा गुरुङ (भोटे) ले हालसम्म ११ सन्तान जन्माइन् । यो उमेरसम्म कुनै स्वास्थ्य संस्था नटेकेकी उनले सबै शिशु हिँड्दाहिँड्दै बाटोमै जन्माएकी हुन् । तीमध्ये ८ सन्तान बाटोमै बिते । अहिले ३ जना मात्र जीवित छन् ।

लेकाली भेगमा बसोबास गर्ने भोटे जनजाति चिसो मौसम सुरु भएपछि कात्तिकबाट औलतिर झर्न थाल्छन् । सिंगै परिवार भेडाच्यांग्रासहित घर छाड्ने भएकाले कतिपय गर्भवती बसाइँसराइका क्रममा बाटोमै बच्चा जन्माउँछन् ।

बाजुराको उत्तरी भेगका यी बासिन्दाको थर गुरुङ, थापा रहे पनि उनीहरू भोटे जनजाति हुन् । उनीहरूको मुख्य पेसा भेडापालन हो । बर्सेनि हिउँदयामको सुरुआतसँगै बस्ती आसपासको लेकाली भेगमा हिमपात हुन थाल्छ । त्यसैले उनीहरू केही महिना औलमा बिताउँछन् । घर फर्कंदा भेडालाई बोकाएर खाद्यान्न पनि ओसार्छन् । ‘यो क्रम पुर्खाकै पालादेखि चल्दै आएको हो,’ समुदायका अगुवा नृप थापाले भने, ‘औलतिर आउजाउ गर्दा गर्भवती महिला पनि साथै हुन्छन् । कतिपय बाटोमै सुत्केरी हुन्छन् ।’ मंसिर–पुसको चिसो ठिहीमा त्रिपालमुनि रात गुजार्छन् उनीहरू । बाटोमै सुत्केरी हुनु सामान्य ठान्छन् महिला । आराम गर्न पाउँदैनन् । भेडाच्यांग्रा सँगै हुने भएकाले दोस्रो दिन अर्को गन्तव्यमा पुग्नैपर्छ । ‘परम्परागत बाध्यता र चेतना अभावले यहाँका भोटे जनजाति महिला बाटोमै सुत्केरी हुन्छन्,’ जनस्वास्थ्य अधिकृत रमेश कुँवरले भने, ‘शिशु र आमाको स्वास्थ्य जोखिममा पर्छ ।’

बूढीनन्दा नगरपालिका–७ की ५३ वर्षीया बिस्ना गुरुङले १५ बच्चा जन्माइन् । ती सबै बसाइँसराइकै क्रममा बाटोमै जन्मेका हुन् । ‘७ जनाको बाटैमा मृत्यु भयो,’ बिस्नाले भनिन्, ‘अति चिसोले सबै बालबच्चा जोगाउन मुस्किल पर्छ ।’ सदरमुकाम रहेको बडीमालिका नगरपालिका–७ की ४९ वर्षीया पक्क थापाले पनि १४ सन्तान जन्माइन् । तीमध्ये १३ जना बसाइँ सर्ने क्रममै जन्मेका हुन् । ९ बच्चाको बाटोमै मृत्यु भयो । ‘महिलाहरूलाई सुत्केरी स्याहारबारे थाहै छैन,’ भोटे जनजाति सेवा समितिका पूर्वअध्यक्षसमेत रहेका नृपले भने ।

बर्सेनि गर्भवती भएका कारण जनजाति महिलाको स्वास्थ्य निकै कमजोर छ । सुत्केरीका बेला विशेष स्याहार र आहार पाउनुको साटो झन् कडा परिश्रम गर्नु उनीहरूको नियति छ । ‘यो हाम्रो रहर होइन, उहिल्यैदेखि चल्दै आएको बाध्यता हो,’ बिस्नाले भनिन्, ‘घरमा खान नपुग्ने र चरिचरन समस्याले गर्दा भेडाच्यांग्रा औल झार्नैपर्छ ।

शिशुले खोपलगायतका स्वास्थ्य सेवा पाउँदैनन् । गर्भावस्थाका बेला महिलाको गर्भजाँच हुँदैन । ‘बच्चाहरू निमोनियाबाट ग्रस्त देखिन्छन्, नियमित खोप पाउँदैनन्, स्वास्थ्य संस्थाले प्रदान गर्ने भिटामिनबाट समेत वञ्चित छन्,’ जनस्वास्थ्य अधिकृत कुँवरले भने, ‘भोटे समुदायका शिशु तथा आमाको स्वास्थ्य सधैं जोखिममा रहने गर्छ ।’ उक्त समुदायलाई लक्षित गरी स्वास्थ्य सचेतना कार्यक्रम लैजान आवश्यक रहेको उनको भनाइ छ । जिल्लाका पूर्वोत्तर मार्तडी, पाण्डुसेन, रुगिन, बिच्छयाँलगायत भेगमा भोटे जनजातिको बसोबास छ । उनीहरूको जनसंख्या करिब८ हजार छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

0 Comments