१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उत्तर कोरियाली नेताको सम्बोधनको दक्षिण कोरियाका राष्ट्रपतिद्वारा स्वागत

अ+ अ-

सोल । दक्षिण कोरियाका राष्ट्रपतिद्वारा मुन जाय इनले उत्तर कोरियाली नेता किम जोन उनको सम्बोधनको स्वागत गरेका छन् । नयाँ वर्ष सन् २०१८ को अवसरमा उत्तर कोरियाली नेता उनले मङ्गलबार राष्ट्रका नाममा सम्बोधन गरेका थिए ।

सो सम्बोधनका क्रममा उनले दक्षिण कोरियाले प्रस्ताव गरेको अन्तर कोरियाली खेलकूदमा सहभागिता जनाउने धारणा सार्वजनिक गरेका छन् । शिशिर ऋतुमा आयोजना गरिने खेलकूदमा सहभागिताका लागि दक्षिण कोरियाले उत्तर कोरियालाई पनि आग्रह गरेको थियो ।
दक्षिण कोरियाले यस शिशिर ऋतुमा आयोजना गरेको उक्त खेलकुदमा आफूहरु पनि सहभागी हुने धारणा उत्तर कोरियाली नेता किमले सार्वजनिक गरेका हुन् ।

त्यसैगरी नेता किमले गरेको सम्बोधनका क्रममा दक्षिण कोरियाली सरकारद्वारा गरिएको उत्तरसँगको वार्ताको प्रस्तावको पनि स्वागत गरिएको छ । हामी दक्षिण कोरियाले गरेको वार्ताको प्रस्तावलाई सकारात्मक रुपमा लिन्छौँ र सो वार्तामा हामी सहभागी हुनसक्छौँ– सो सम्बोधनमा भनिएको छ ।

सो सम्बोधनको स्वागत दक्षिण कोरियाले गरेको हो । उक्त सम्बोधनपछि दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले उत्तरका नेताले सहभागिता जनाउने भएपछि सो खेलकूदको तयारीलाई थप अघि बढाउने निर्देशन पनि दिएको बताइएको छ ।

उक्त खेलकूद आगामी फेब्रुअरी महिनामा दक्षिण कोरियामा आयोजना गरिएको छ । शिशिर ऋतुमा आयोजना हुने सो खेलकूदमा उत्तरले सहभागिता जनाउनुलाई दक्षिणले भने उपब्लिध भएको भनेको छ ।
त्यसैगरी दक्षिण कोरियाले गरेको वार्ताको प्रस्तावलाई पनि उत्तरले स्वीकार गरेको छ । दक्षिण कोरियाले आगामी फेब्रुअरी महिनामा द्विपक्षीय वार्ताको आह्वान गरेको थियो ।

सो वार्ताको बारेमा उत्तरले केही बोलेको थिएन । तर यो सम्बोधनमा सो वार्तामा सहभागी हुने बताएपछि भने दक्षिण कोरियाली राष्ट्रपतिले वार्ताको तयारी गर्न अधिकारीहरुलाई निर्देशन पनि दिएका छन् । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस