२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिंहदरबार नै अस्तव्यस्त, न बत्ती न सुरक्षा

अ+ अ-

काठमाडौं । सिंहदरबार प्रवेश गर्ने दक्षिण मोहडास्थित मुख्य ढोकामा अझै पनि परम्परागत तरिकाले नै सुरक्षा चेकजाँच हुन्छ । सुरक्षाकर्मीले परिचयपत्रबाहेक अन्य चेक गर्दैनन् । ‘अन्य मुलुकका सामान्य कार्यालय प्रवेश गरिँदा सुरक्षा चेकजाँचमा कुनै सम्झौता हुँदैन । आधुनिक सुरक्षा संयन्त्र प्रयोग गरिन्छ । तर, सिंहदरबार प्रवेश गर्नेको हकमा त्यस्तो केही छैन,’ सुरक्षा प्रहरी गण सिंहदरबारका प्रमुख डिएसपी प्रेम जोशीले भने ।

सिंहदरबारभित्र प्रवेश गर्नेलाई जाँच गर्दा दिनहुँ अनामनगरदेखि हनुमानथानसम्म ट्राफिक जाम हुने गर्छ । सिंहदरबारभित्र करिब सात हजार कर्मचारी कार्यरत छन् । ती सबै १० बजे कार्यालय आउने र साँझ ५ बजे घर फर्कन्छन् । यो समयमा सधैँ ट्राफिक जाम हुने गर्छ । ‘सबै कर्मचारीलाई चेकजाँच गर्नै पर्‍यो । ‘म्यानुअल्ली’ सुरक्षा जाँच गरिँदा यस्तो समस्या आएको हो,’ डिएसपी जोशीले भने ।

सिंहदरबारभित्र एक सय ५५ वटा बिजुलीका पोल गाडिएका छन्, सबैमा बल्ब जडान गरिएको छ । तर, ४२ पोलका बत्ती मात्रै बल्छन् । सिंहदरबारभित्रका मुख्य सडकमा मात्रै बत्ती छ । मन्त्रालयभित्रका पार्क, मन्त्रालय परिसर, सहायक सडक अँध्यारै रहन्छन् । सुरक्षा प्रहरी गण सिंहदरबारका प्रमुख डिएसपी प्रेम जोशीले पर्याप्त मात्रामा बिजुलीका पोल राख्न नसकिएको बताए । ‘हाम्रो रेकर्डमा १५५ ठाउँमा बिजुलीका पोल जडान गरिएका छन् । त्यसमध्ये अधिकांश बल्दैनन्,’ उनले भने ।

बिजुली नबलेपछि सुरक्षा निगरानीका लागि जडान गरिएका सिसिटिभी पनि प्रयोजनविहीन भएका छन् । सिंहदरबारभित्र १९ ठाउँमा सिसिटिभी जडान गरिएका छन्, त्यसमध्ये १६ वटाले मात्रै काम गर्छन् । रातको समयमा भने त्यसले पनि काम गर्न छाड्छ । ‘दिउँसोको समयमा सिसिटिभीले राम्रै काम गर्छ, रातमा भने काम गर्दैन । सिंहदरबार छिर्ने मुख्य गेटमा बाहिर बलेका बिजुलीका कारण सिसिटिभीले जसोतसो काम गर्दै छ,’ डिएसपी जोशीले भने । पर्याप्त बत्ती नभएकै कारण सिंहदरबारभित्र चोरीका घटना हुने गरेको प्रहरीले जनाएको छ । केही दिनअघि सिंहदरबारभित्र बा २ झ २९२७ नम्बरको सस्पेन्सर ब्रिज गाडीको चारवटा टायर चोरी अँध्यारोकै कारण भएको प्रहरीको भनाइ छ ।

गृह मन्त्रालयअगाडि हुँदै सिंहदरबारबाट बाहिरिने पश्चिमतर्फको गेटसम्म करिब दुई सय मिटर सडक कच्ची छ । वर्षाको समयमा सो सडक हिलोले हिँडिसक्नु हुँदैन । दुर्गम क्षेत्रजस्तो छ । अहिले पानी नपरेकाले धुलोले मुख छोपेर हिँड्नुपर्ने अवस्था छ । त्यति मात्र होइन, सो सडकमा बिजुली पनि छैन । सुरक्षाकर्मी रातको समयमा टर्चलाइट बालेर ओहोरदोहोर गर्छन् । ‘मुलुकको समग्र सुरक्षाको जिम्मा लिएको गृह मन्त्रालयकै अगाडि यस्तो अवस्था छ भने दुर्गममा झन् कस्तो होला ?’ एक सुरक्षाकर्मीले भने । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 Comments