२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दरबार हत्या काण्डमा ज्ञानेन्द्रको संलग्नता प्रमाणित गर्न लिङ्देनको चुनौती

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले दरबार हत्या काण्डमा राजा ज्ञानेन्द्र शाहको संलग्नता भएको प्रमाण पुर्‍याएर उनीमाथि कारबाही गर्न दलहरुलाई चुनौती दिएका छन् ।

उदयपुरको बेलका नगरपालिकाको रामपुरमा शुक्रबार आयोजित राप्रपा बेलका नगर समितिले आयोजना गरेको सभामा बोल्दै उनले बिना प्रमाण र आधारमा राजालाई उक्त हत्या काण्डमा बदनाम गराउने उद्देश्यले दलहरूले मुछ्ने प्रयास गरेको बताए ।

‘दरबार हत्या काण्ड भएको बेलाका प्रत्यक्षदर्शीहरू अहिले पनि जीवितै छन् उनीहरूसँग बयान लिएर, प्रमाण जुटाएर कारबाही गरे भइगयो नि’, उनले भने । बिना प्रमाण कसैलाई बदनाम गराउने उद्देश्यले जथाभाबी बोल्न नहुने उनले बताए ।

उनले दरबार हत्या काण्डपछि काँग्रेस, एमालेले उनै ज्ञानेन्द्रलाई श्रीपेच लगाएर खुट्टामा दाम चढाएर राजा बनाएको स्मरण गर्न आग्रह समेत गरेका छन् । ‘आफैँ राजा बनाउने अनि आफैँ राजालाई हत्यारा भनेर आरोपित गर्ने ?’, उनले भने ।

उनले २०४६ सालको परिवर्तनपछि एउटै पात्र र एउटै प्रवृत्तिबाट देश सञ्चालन हुँदा देशमा विकास हुन नसकेको बताए । प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र जे भने पनि असफल तिनै पार्टी र त्यही नेताबाट शासनको निरन्तरताले मुलुकले प्रगति गर्न नसकेको उनले आरोप लगाए ।