२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दिक्तेल बहुमुखी क्याम्पसलाई ‘क्यूएए’को मान्यता

अ+ अ-

खोटाङ । दिक्तेल बहुमुखी क्याम्पसले विश्वविद्यालय अनुदान आयोग(युजिसी)बाट क्वालिटी एस्युरेन्स एक्रेडिटेसन (क्यूएए)को मान्यता प्राप्त गरेको छ । आयोगको गत पुस १९ गते बसेको बोर्ड बैठकले  सो क्याम्पसलाई क्यूएए प्रमाणपत्र प्रदान गर्ने निर्णय गरेको थियो । क्याम्पसले मङ्गलबार औपचारिक कार्यक्रम गर्दै सरोकारवालासँग खुसी आदान प्रदान गरेको छ ।

क्याम्पसले औपचारिकरूपमा क्यूएए प्राप्ति गरेको जानकारी दिँदै क्यूएए प्राप्त गर्न पहल र प्रयास गर्ने सबैलाई धन्यवाद दिँदै बधाई ज्ञापन गरेको छ । क्याम्पसले क्यूएए प्राप्त गर्न विसं २०७१ देखि प्रयासरत गरेको जनाइएको छ ।  

क्यूएएको प्रमाणपत्र प्राप्त गरेसँगै दिक्तेल बहुमुखी क्याम्पस पूर्वी पहाडमा गुणस्तरीय उच्च शिक्षा प्रदान गर्न योग्य शैक्षिक संस्थाको रूपमा प्रमाणित भएको क्याम्पस प्रमुख हिराकुमार राईले जानकारी दिएका छन् । ‘देशभर एक हजार चार सय ५५ वटा क्याम्पस सञ्चालनमा छन् । जसमध्ये अहिलेसम्म विश्वविद्यालय अनुदान आयोग (युजिसी)बाट एक सय छवटाले क्यूएए प्राप्त गरेका रहेछन् । त्यसभित्र हाम्रो क्याम्पसको नाम पनि लेखाउन सफल भएका छौँ’, उनले भने, ‘कोशी प्रदेशमा दुई सय तीनवटा क्याम्पस छन् । यसमध्ये १० वटाले यसअघि नै क्यूएए प्राप्त गरिसकेका रहेछन् । त्यसमा हाम्रो क्याम्पस पनि थपिएको छ । तर यो सधैँ भरिका लागि होइन । पाँच वर्षपछि पुनः क्यूएएको प्रक्रियामा जानुपर्छ । यसका लागि हामी थप गुणस्तर सुधार गरेर अगाडि बढ्ने योजनामा छौँ ।’

क्यूएए प्रदान गर्नका लागि आयोगको एजुकेसनल क्वालिटी एस्युरेन्स एण्ड एक्रेडिटेसन काउन्सिल पियर रिभ्यू टिमले गत जेठ २८ देखि असार १ गतेसम्म क्याम्पसमा आएर फाइनल एसेसमेन्ट गरेको थियो । जिल्लाकै ज्येष्ठ र अग्रणी संस्था दिक्तेल बहुमुखी क्याम्पसले क्यूएए प्राप्तिका लागि विसं २०७६ मा स्वअध्ययन प्रतिवेदन बुझाएको थियो ।

क्यूएए प्राप्तिबाट उत्साहित दिक्तेल बहुमुखी क्याम्पसले हप्ता दिनअघिमात्र च्यास्मिटार मावि, चम्पावती मावि बुइपा र सरस्वती मावि पाथेकामा समुदायमा पहुँच कार्यक्रम सञ्चालन गरेको थियो । यस्तै क्यूएएबाट क्वालिफाइड भएको प्रमाणपत्र पाएको विषयमा जानकारी दिन जिल्लाका विभिन्न माविहरूमा प्रचारात्मक कार्यक्रम गरिएको क्याम्पस प्रमुख राईले जानकारी दिएका छन् । 

क्याम्पस सञ्चालक समितिका अध्यक्ष दुर्गाजयन्ती राईको अध्यक्षता तथा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहभागी वक्ताहरूले ढिलै भए पनि क्यूएएको प्रमाणपत्र पाएकामा खुसी व्यक्त गरेका छन् ।

विसं २०३७ मा स्थापना गरिएको दिक्तेल बहुमुखी क्याम्पसले त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा विसं २०७० देखि स्नातकोत्तर तहको कक्षा सुरु गरेको थियो । दिक्तेल बहुमुखी क्याम्पसमा खोटाङसँगै छिमेकी जिल्ला ओखलढुङ्गा, सोलुखुम्बु र भोजपुरका विद्यार्थी अध्ययन गर्दै आएका छन् ।

मानविकी तथा समाजिकशास्त्र सङ्काय, शिक्षाशास्त्र सङ्काय र व्यवस्थापन सङ्कायको विषय अध्ययन/अध्यापन हुँदै आएको क्याम्पसमा करिब सात सयको हाराहारीमा विद्यार्थी छन् । आवासगृहसमेत रहेको क्याम्पसमा भौतिक पूर्वाधार, कम्प्युटर ल्याब, पुस्तकालय, खानेपानीलगायतका सुविधा उपलब्ध रहेको क्याम्पस प्रशासनले जनाएको छ ।