२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कानूनी अड्चन फुकाएर नयाँ सरकारको गठनको बाटो खोल्नुपर्ने : नेता ज्ञवाली

अ+ अ-

काठमाडौं । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले कानूनी अड्चन फुकाएर सरकारले नयाँ सरकारको गठनको बाटो खोल्नुपर्ने बताएका छन् ।

अनेरास्ववियुद्वारा आयोजित दुईदिने काठमाडौं उपत्यकास्तरीय प्रशिक्षणलाई यहाँ सम्बोधन गर्दै उनले जनमतको कदर गर्नका लागि सरकारले कानूनी अड्चन फुकाउनुपर्ने बताएका हुन् ।

‘अन्य मुलुकमा सत्तासीन दल पराजित भइसकेपछि सरकार छाड्न हतारिन्छन्’, उनले भने, ‘तर हाम्रो देशमा सरकारको दल पराजित भइसके पनि सत्तालिप्सा भएर कुर्सीमा बसेका छन् । यहाँ निर्वाचनपछि जनमतको कदर भएको देखिँदैन ।’

सचिव ज्ञवालीले सरकारले प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्न ढिलाइले राष्ट्रियसभाको निर्वाचनमा असर पर्ने बताउँदै चाँडै नै प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्नुपर्ने बताए ।

उनले वाम एकताका लागि बिथोल्न केही शक्ति अझै लागिपरेको भन्दै त्यो सफल नहुने धारणा राखे । उनले एमाले अध्यक्ष केपी शर्मा ओली बैंककबाट आएपछि नेकपा माओवादी केन्द्रसँगको एकतालाई मूर्त रुप दिने बताए ।

पार्टी एकताका लागि दुई पार्टीको व्यवस्थापनमा कुनै समस्या नभएको जिकिर उनको भनाइ थियो ।

कार्यक्रममा अनेरास्ववियुका अध्यक्ष नवीना लामाले वाम एकताले नेपाली कम्युनिष्ट विद्यार्थीको आन्दोलनलाई थप सहयोग पुर्याउने दाबी गरे ।

कार्यक्रममा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका सबै अनेरास्ववियु मातहतका कमिटीको सहभागिता रहेको छ । रासस

0 Comments