२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आइपीएलमा लखनऊको दोस्रो जित

अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपीएल)मा लखनऊ सुपर जायन्ट्सले लगातार दोस्रो जित निकाल्दा रोयल च्यालेन्जर्स बेंग्लुरुले भने लगातार दोस्रो हार व्यहारेको छ । समग्रमा आरसीबीको तेस्रो हार हो भने लखऊले अहिले सम्म एक खेलमा मात्र हार व्यहोरेको छ ।

मंगलबार राति भएको खेलमा लखनऊले आरसीबीलाई २८ रनले पराजित गर्दै तालिकाको चौथो स्थानमा पनि राखेको छ । आरसीबी भने नवौं स्थानमा छ ।

पहिला ब्याटिङ गरेको लखनऊले निर्धारित ओभरमा ५ विकेट गुमाएर १८१ रन बनाएको थियो । जवाफमा आरसीबीले २ बल बाँकी हुँदा सबै विकेट गुमाएर १५३ रनमा खेल टुंग्यायो ।

टस हारेर पहिला ब्याटिङ गरेको लनऊले राम्रो सुरुआत गरेको थियो । उसका क्विन्टन डी कक र कप्तान केएल राहुलले ओपनिङ गरेका थिए । पहिलो विकेटको रूपमा राहुल टिमको स्कोर ५३ रन हुँदा २० रन बनाएर आउट भएका थिए । यसैगरी दोस्रो विकेटको रूपमा देवदत्त पडिकल व्यक्तिगत ६ रन बनाएर पभेलियन फर्किदा लखनऊले ८.५ ओभरमा ७३  रन जोडेको थियो । डीकक र मार्कस स्टोनिस मिलेर लखनऊको पारि सम्हाल्दै अघि बढाए । 

तेस्रो विकेटको रूपमा स्टोनिस २४ रन जोडेर आउट भएका थिए । एक छेउमा टिकेर खेलेका डी कक चोथो विकेटको रूपमा आउट हुँदा लखनऊले ४–१४३ को स्कोर बनाएको थियो । डीककले ५६ बलमा ५ छक्का र ८ चौका प्रहार गरे । अन्त्यमा निकोलस पुरनले २१ बलमा ४० रनको पारि खेल्दा लखनऊले निर्धारित ओभरमा ५ विकेट गुमाएर १८१ रनको बलियो योगफल तयार पार्न सफल भयो । आरसीबीका ग्लेन म्याक्सवेलले २ विकेट लिए ।

जवाफी पारिमा आरसीबीले राम्रो सुरुआत गरे पनि अन्त्यमा पारि धरमराएको थियो । लखनऊका मयंक यादव र नभिन उल हकले घातक बलिङ गर्दै आरसीबीको पारि ध्वस्त बनाएका थिए ।

आरसीबीका विराट कोहली २२ रन बनाएर आउट भएका थिए । लगत्तै कप्तान फाफ डु प्लेसिस १९ रन जोडेर रनआउट भए । ग्लेन म्याक्सवेलले खाता नै खोल्न नसक्दा लगातार तीन विकेट गुमाएको थियो । क्यामरन ग्रीनले ९ रन जोड्दा अनुज रावतले ११ रनको पारि खेले । 

यस्तै, महिपाल लोमरोरले १३ बलमा ३३ रनको पारि खेल्दै केही प्रयास गरे पनि असफल भए । भरपर्दा फिनिसिर दिनेश कार्तिक जम्मा ४ रन बनाए पभेलियन फर्किदा मोहम्द सिराजले अन्तिम विकेटको रूपमा १२ रन जोडेर आउट हुँदा आरसीबी १५३ रनमा रोकियो ।

लखनऊका मयंक यादवले ३ तथा नभिन उल हकले २ विकेट लए । आइपीएलमा आज दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्स भिड्ने छन् ।