काठमाडौँ । नेपाली काँग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दलले पूर्वमन्त्री जीवनबहादुर शाहीलाई वाइडबडीमा फसाइएको भन्दै सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तथ्यहीन आरोप लगाएर पार्टीका केन्द्रीय सदस्य समेत रहेका शाही फसाएको भन्दै तरुण दल केन्द्रीय सदस्य जित क्षेत्रीको नेतृत्वमा गएको टोलीले सभापतिको ध्यानाकर्षण गराएको हो ।
तरुण दलले भनेको छ, ‘अनावश्यक कुरामा तथ्यहीन प्रमाणको आधार बनाएर बहुचर्चित नेता शाहीलाई निशाना बनाएर सिङ्गो काङ्ग्रेसमाथिको हमला गरिएको छ ।’
शाहीलाई वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।