१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमाले दक्षिणपन्थी अवसरवादीहरूको झुण्ड, ओली स्वेच्छाचारी र प्रतिगामी : माधव नेपाल

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले दक्षिणपन्थी अवसरवादीहरूको झुण्ड भएको बताएका छन् । 

पार्टीको जारी पोलिटब्युरो तथा केन्द्रीय कमिटी बैठकमा ५७ पेजको राजनीतिक प्रतिवेदन पेश गर्दै माधवले यस्तो बताएका हुन् । 

राजनीतिक प्रतिवेदनमा एमाले ‘व्यक्ति केन्द्रित दक्षिणपन्थी अवसरवादीहरूको एउटा झुण्ड’ मा परिणत भएको दाबी गरिएको छ । 

त्यस्तै उनले एमाले अध्यक्ष केपी ओलीलाई स्वेच्छाचारी, प्रतिगामी र केशरजंग रायमाझीपन्थी भनेका छन् ।

नेकपा एसको नजरमा अन्य दल–रास्वपा र राप्रपा सामन्ती प्रतिक्रियावादीहरूका सेवक, काँग्रेस लोकतन्त्र र संविधानको रक्षक भनेका छन् ।

सोमबारदेखि सुरु भएको पोलिटब्युरो बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा नेपालले काँग्रेसलाई लोकतन्त्र र संविधान रक्षाका लागि प्रतिबद्ध शक्ति भन्दै एमालेलाई ती दुवै (लोकतन्त्र र संविधान) का लागि खतरा शक्तिका रूपमा औँल्याएका छन् ।

नेपालको राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘एउटा क्रान्तिकारी कम्युनिष्ट पार्टीमा हुनुपर्ने कुनै पनि गुण केपी ओलीले चलाएको एमालेमा एउटा पनि छैन । एमालेले जनवादी केन्द्रीयताको मान्यता र जनताको बहुदलीय जनवादले अँगालेको विचारको विविधतालाई स्वीकार एवं अङ्गीकार गरेको छैन । उसले कम्युनिष्ट पार्टी विधि पद्धतिमा चल्नुपर्छ र उसले राज्य सञ्चालन गर्दा पनि विधि पद्धति अनुसार चल्नु र चलाउनुपर्छ भन्ने मान्यतासमेत परित्याग गरेको छ । एमाले नेतृत्व जनताको बहुदलीय जनवादी पनि होइन । एमाले व्यक्तिगत स्वार्थमा केन्द्रित दक्षिणपन्थी अवसरवादीहरूको एउटा झुण्डमा परिणत भएको छ ।’

प्रतिक्रिया दिनुहोस