२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोटीका चार पालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

अ+ अ-

डोटी । डोटीका चार पालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएका छन् । नौ वटा स्थानीय तह रहेको डोटीमा हाल सम्म चार वटा पालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य कार्यालय डोटीका परिवार नियोजन सुपरभाइजर सूर्य विष्टले जानकारी दिएका छन् । 

आज मात्र डोटीको बडीकेदार गाउँपालिकालाई एक कार्यक्रमका बिच पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।

बडीकेदार गाउँपालिका भित्र रहेका १६ देखी ५९ महिनाका कुल ७ सय ७६ जना बालबच्चाहरूले सत प्रतिशतले खोप पाए पश्चात् पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको जनाएको छ । त्यस्तै आदर्श गाउँपालिकामा १ हजार ७ सय ६ जना, के आई सिंह गाउँपालिकामा १ हजार ४ सय ३६ जना र बोगटान फुड्सिल गाउँपालिकामा ८ सय ९० जनाले पूर्ण खोप प्राप्त गरे पश्चात् पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको परिवार नियोजन सुपरभाइजर विष्टले बताए । 

समुदाय तहका स्वास्थ्यकर्मीको अथक प्रयासमा सबै बालबालिकालाई समयमै खोप लगाउन सहज भएको बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरव बहादुर साउँदले बताए । बडीकेदार गाउँपालिकाको समग्र विकास गर्न पालिकाले स्थानीय श्रोत साधनको बढी भन्दा बढी प्रयोग गर्ने समेत बताए । 

बालबालिकाले पाउनुपर्ने सबै खोपको मात्रा छुट्न नहुने र स्वास्थ्यकर्मीको मनोबल बढाउन स्थानीय सरकारले पूर्ण सहयोग गरिरहेको बोगटान फुड्सील गाउँपालिकाका अध्यक्ष कमल गड्सिलाले बताए ।  

स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा सबै सचेत हुन आवश्यक रहेको जिल्ला पूर्ण खोप समन्वय समिति डोटीका संयोजक एवं जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मण बहादुर सिंहले बताए ।

पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रममा स्थानीय तहहरूले खोप कार्यकर्ता, उत्कृष्ट काम गर्ने स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाहरूलाई सम्मान समेत गर्ने गरिएको छ । 

जिल्लाका अन्य पालिका दिपायल सिलगढी नगरपालिका, पुर्विचौकी गाउँपालिका, सायल गाउँपालिका, शिखर नगरपालिका र जोरायल गाउँपालिका पनि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणाको तयारीमा रहेका स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।