७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ न्यूरोड क्षेत्रको सडक साँघुरो गरेकोमा विरोध

अ+ अ-

काठमाडौँ । न्यूरोड क्षेत्रको सडक साँघुरो गरेर फुटपाथ बढाउने काठमाडौँ महानगरपालिकाको निर्णयविरुद्ध स्थानीय बासिन्दा आन्दोलित भएका छन् ।

सोमबार महानगरपालिकाको सडक साँघुरो बनाउने काम राम्रो नभएको भन्दै न्यूरोडबासीले आन्दोलन गरेका हुन् । उनीहरूले न्यूरोड गेटबाट भित्रतर्फ न्यूरोड साँघुरो गर्न मिल्दैनन्, नयाँ सडक बचाउ भन्दै कालो ब्यानरहसित महानगरविरुद्ध प्रदर्शन गरे ।

आन्दोलनमा सहभागी स्थानीय सुवोदमान श्रेष्ठले काठमाडौँ महानगरका मेयर वालेन्द्र साह(बालेन)को यो कदम ठिक नभएको बताए । उनले साथ दिनुपर्ने ठाउँमा दिने हो तर स्थानीयहरूको इच्छा र भावना विपरीतको कार्यमा महानगर अघि बढेकाले विरोध गरेको जानकारी दिए ।

उनले भने, ‘सडकलाई सांघुरो बनाउने हो भने त्यसको परिणाम कस्तो हुन्छ भनेर हामीले देखाउन खोजेका हौँ । मापदण्ड अनुसार हेर्दा पनि न्यूरोडको बाटो भनेको गाडी गुड्ने बाटो हो । यो काठमाडौँको मात्र होइन । नेपालको नै सबैभन्दा पहिले गाडी गुड्ने बाटो हो । नेपालको इतिहास मेटाएर, गाडी नै नचल्ने हो भने हामीले विरोध गर्नैपर्छ । साथ दिनुपर्ने कुरामा साथ दिन्छौ । तर स्थानीयहरूको इच्छा विपरीतको कार्यमा विरोध गर्नैपर्छ ।’

यस्तै, स्थानीय मंगलादेवी महर्जनले पनि महानगरपालिकाको प्रमुख भएपछि सबैको राय सुझावमा काम गर्नुपर्ने भन्दै एकलौटी पूर्ण कदम अन्याय भएको बताइन् ।

उनले भनिन्, ‘बालेनलाई नराम्रो भन्ने होइन । मेयर भएका नाताले राम्रो काम पनि गर्नुभएको छ । देश बनाउनु पर्छ भनेर हामी पनि लागि रहेका छौँ । तर यो न्यूरोडको सडक यसै सानो छ यसलाई सानो बनाएर के गर्न खोजेको हो रु प्रमुख भएपछि सबैको राय सुझावमा काम गर्नुपर्नेमा एकलौटी गर्न पाइन्छ ?’

महानगरले न्यूरोडको जुद्ध शालिकदेखि इन्द्रचोकसम्मको सडक क्षेत्रको दुवैतर्फ काटेर फुटपाथ बढाउन लागिएको छ । तीन लेनको उक्त सडक बिनाप्राविधिक जाँच काटिएपछि सडक डिभिजन कार्यालय काठमाडौँले डोजरसहितका मेशिन नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस