२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आलोपालो मनाइँदै पर्व

अ+ अ-

काठमाडौं । भक्तपुर, राधेराधेकी आयुष्मा थापा आइतबार तामाङ र शेर्पाको पर्व ल्होछार मनाउन काठमाडौंको तीनकुने पुगिन् । तामाङ पहिरनमा सजिएकी उनी साथीसँग रमाउँदै थिइन् ।

साथीले बोलाएकाले आफू आएको उनले सुनाइन् । ‘मलाई अरु समुदायको संस्कृति तथा पर्वमा सामेल हुन मन लाग्छ,’ कानमा चेप्टे सुन, घाँटीमा जन्तर, हरियो पोते लगाएकी थापाले भनिन्, ‘काठमाडौंमा हुने यस्ताखाले प्रायः पर्वमा सहभागी हुन्छु ।’ उनलाई यो पर्व आफ्नो समुदायले मनाउने दसैंतिहारजस्तै लाग्छ । कुनै समुदायसँग संस्कृति आदानप्रदान गर्दा सामाजिक मूल्यमान्यता पनि नमेटिने र आफूमा पनि ज्ञान बढ्ने उनको भनाइ छ । ‘हाम्रो देशमा हरेक समुदाय र जातिले मनाउने पर्वहरूको भिन्नभिन्न विशेषता छ,’ उनले थपिन्, ‘यस्ता पर्वले हामीलाई एकढिक्का बनाउन मद्दत गर्छन् ।’

थापागाउँका सुदीप बस्नेत पनि तामाङ पहिरनमै सजिएका थिए । साथीभाइसँग मिलेर ल्होछार मनाउन आएको उनले सुनाए । ‘बिदाको दिन समूहमा मिलेर यस्ता पर्व मनाउन पाउनु खुसीको कुरा हो,’ उनले भने, ‘उपत्यकामा मनाइने हरेक पर्व रमाइला लाग्छन्, त्यसैले पनि सकेसम्म यस्ता पर्वमा पुग्नेगर्छु ।’

शुक्रबार काठमाडौंको तीनकुने पार्कमा तामाङको नयाँ वर्ष (ल्होछार) मनाउन पुग्नेको भीड थियो । त्यहाँ तामाङ र शेर्पा समुदायले मान्दै आएको पर्वमा त्यही समुदायका व्यक्ति मात्रै नभएर अन्य समुदायका पनि थिए । उपस्थित धेरैजसो तामाङ पहिरन स्यामा (लुंगी), आंग्रे (चोली), केई (पटुकी), थोप्कु (गम्छा), पागी (टोपी) जस्ता लुगामा सजिएका थिए । सबैले रमाइलो मान्दै ल्होछार मनाइरहेका थिए । ‘पहिलेपहिले टोपी लुकाएर हिँड्नुपर्ने अवस्था थियो, अरु समुदायका कोही पनि देखा पर्दैनथे,’ ल्होछारमा सहभागी दीपक लामाले भने, ‘अहिले हरेक संस्कृति अर्को समुदायका व्यक्तिहरूले पनि अनुसरण गरेको पाइन्छ, यसले हाम्रो समाजलाई नै एकताबद्ध बनाउँछ ।’

उनले यो वर्ष ल्होछार मनाउने ठाउँ परिवर्तन भएका कारण अलि खल्लो भएको बताए । ‘गत वर्षसम्म हामीले टुँडिखेलमा मनाउँदै आएका थियौं, त्यहाँ सबै व्यवस्था मिलाउन सहज हुन्थ्यो,’ उनले भने, ‘अहिले सेनाले टुँडिखेलमा पर्व मनाउन दिएन, त्यसैले नरमाइलो लागेको छ ।’ उनका अनुसार ठाउँ परिवर्तन भएपछि ल्होछार मनाउन आउनेको संख्या घटेको छ । सानो र अव्यवस्थित ठाउँमा पर्व मनाउँदा धेरैले असहज महसुस गरेको उनले बताए ।

‘योभन्दा अघिल्लो ल्होछार टुँडिखेलमै मनाउन दिने तर हामीलाई चाहिं धुलाम्य पार्कभित्र मनाउनुहोस् भन्ने,’ ल्होछार मनाउन ललितपुर टीकाभैरवबाट आएका सुरेश लामाले भने, ‘यसले हाम्रो पर्वलाई नै अप्ठ्यारो पारेको छ ।’ उनका अनुसार तामाङ र शेर्पा जातिले एकदिन मनाउने ल्होछारलाई फरकफरक नाम दिइएको छ । तामाङ जातिले सोनाम ल्होछार भन्ने गरेका छन् भने शेर्पाहरूले ग्याल्पो ल्होछार भन्छन् । सोनाम ल्होछार नेपाल र तिब्बतमा मनाउने चलन छ । ग्याल्पो ल्होछार चीन, नेपाल, जापानलगायतका देशमा मनाउने गरिन्छ।

यो पर्व तामाङ समुदायले मनाउने मुख्य पर्व मानिन्छ । यसअघि माघ कि फागुनमा मनाउने भन्ने विषयमा तामाङ संघसंस्थाबीच नै विवाद चुलिएको थियो । तिथिमिति चित्त नबुझेको भन्दै तामाङकै एक समूहले माघ ४ गते नै सोनाम ल्होछार मनाएको थियो । अर्को समूहले भने फागुन ४ गते (शुक्रबार) सोनाम ल्होछार मनायो । तामाङले चलाउने मञ्जुश्री पात्रोअनुसार सोनाम ल्होछार (२८५४ खी नागी ल्हो) फागुन ४ गते परेको यो समूहको तर्क छ । २८५३ वर्षअघि मञ्जुश्रीले धर्म देशना गरेको तिथिलाई तामाङले ल्होछारका रुपमा मान्दै आएका छन् ।

नेपाल तामाङ घेदुङका सचिव रामकृष्ण ब्लोनले पुरानो पुस्तालाई भन्दा नयाँलाई यस्ता पर्वले छोएको बताए । ‘नयाँ पुस्ता हरेक पर्व, जाति र समुदायसँग घुलमिल हुन चाहन्छन्, बरु पुरानो पुस्ताले यो वा त्यो जाति भनेर कुरा काट्छन् । नयाँ युवामा त्यस्तो सोच छैन,’ उनले सुनाए, ‘अहिले सोनाम ल्होछार र ग्याल्पो ल्होछार कुनै समुदायमा मात्र सीमित छैन, यो राष्ट्रिय पर्व भइसकेको छ ।’

उनका अनुसार यो पर्वलाई राष्ट्रिय पर्व बनाउन २०५१ सालमा तामाङ, ह्योल्मो, गुरुङ, शेर्पा र दुरा जातिले प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाएका थिए । मनमोहन अधिकारी नेतृत्वमा रहेको तत्कालीन सरकारले माघ शुक्ल प्रतिपदाका दिन ल्होछार मान्ने भन्दै सार्वजनिक बिदा पनि स्वीकृत गरेको थियो । ‘त्यति बेलादेखि नै ल्होछारमा बिदा दिने चलन चलेको हो,’ उनले भने, ‘पछिल्लो समय ल्होछार मान्ने समुदायले छुट्टाछुट्टै मितिमा छुट्टाछुट्टै नाम दिएर ल्होछार मनाउन थाले ।’ अहिले गुरुङ समुदायले पुस १५ गते तमु (तोला), तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन सोनाम र शेर्पा जातिले फागुन शुक्ल प्रतिपदाका दिन ग्याल्बो ल्होछार मनाउँछन् । आजको नागरिक दैनिकमा खबर छ ।

0 Comments