२ आश्विन २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘संविधानका आधारभूत फाउण्डेसनमाथि प्रहार गरे अर्को द्वन्द्व निम्तिन सक्छ’ : वर्षमान पुन

अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सांसद एवं पूर्वमन्त्री वर्षमान पुनले संविधानका आधारभूत संरचनामाथि प्रहार गर्ने वा पुनर्लेखनतर्फ जाने प्रयासले देशलाई पुनः द्वन्द्वतर्फ धकेल्न सक्ने बताएका छन् ।

काठमाडौंमा आयोजित ‘संविधान कार्यान्वयनको दोस्रो दशक: अवसर र चुनौती’ विषयक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

 संविधान निर्माणका क्रममा भएको संघर्ष र बलिदानबाट स्थापित उपलब्धिलाई सहजै नकार्न वा कमजोर पार्न नहुने उनको भनाइ छ ।

 पुनले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता र सामाजिक न्यायलाई संविधानका आधारभूत फाउण्डेसनका रूपमा व्याख्या गर्दै यी संरचनालाई कमजोर पार्ने प्रयासले मुलुकमा अर्को चरणको द्वन्द्व निम्त्याउन सक्ने चेतावनी दिए। उनले बदलिँदो शक्ति सन्तुलन, नयाँ राजनीतिक शक्ति तथा नयाँ सम्भावनालाई सम्बोधन गर्दै संविधानको विकास गर्दै जानुपर्ने बताए । त्यसो गर्नसके मुलुकले राजनीतिक स्थायित्व प्राप्त गर्ने उनको भनाइ छ । 

उनले भने, ‘बलिदान र संघर्षबाट प्राप्त उपलब्धिलाई सजिलै नकार्ने वा कमजोर पार्ने प्रयासले फेरि अर्को द्वन्द्व निम्त्याउन सक्छ । त्यसैले अहिलेको शक्ति सन्तुलनलाई ध्यानमा राख्दै नयाँ शक्ति र सम्भावनाहरूलाई पनि सम्बोधन गर्दै संविधानको विकास र परिमार्जन गर्दै जानुपर्छ। यसबाट देशले स्थायित्व पनि प्राप्त गर्छ । संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता र सामाजिक न्यायजस्ता संविधानका आधारभूत फाउन्डेसनमै प्रहार गर्ने वा संविधान पुनर्लेखनतर्फ जाने प्रयास गरियो भने देश फेरि अर्को चरणको द्वन्द्वतर्फ जाने जोखिम रहन्छ भन्ने मेरो धारणा हो ।’

उनले विगतका संघर्ष र त्यसबाट प्राप्त उपलब्धिलाई संरक्षण गर्दै समयअनुकूल सुधार तथा विकासमार्फत संविधानलाई अघि बढाउनुपर्ने बताए। 

0 Comments