काठमाडौँ । संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमा नमिलेका विषयलाई टुङ्गो लगाउन प्रमुख तीन दलका शीर्ष नेताको बैठकले सहजीकरण कार्यदल गठन गरेको छ ।
गत शुक्रवार बालुवाटारमा प्रधानमन्त्री ‘प्रचण्ड’, काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको छलफलपछि सो सहमति भएको थियो ।
आइतबार बेलुका तीनै दलले सहजीकरणका लागि एक एक जनाको नाम दिएपछि अब यसले छलफल थाल्ने भएको छ । सहजीकरण कार्यदलमा काँग्रेसबाट रमेश लेखक, एमालेबाट महेश बर्तौला र माओवादीबाट जनार्दन शर्मा सदस्य छन् ।
कार्यदलले यसअघिको मस्यौदामा भएका असहमतिका बुँदामा छलफल गरी साझा धारणा बनाउन कार्यदलका सदस्य एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताएका छन् ।