२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

३३ किलो सुन गायब, भरियाको हत्या

अ+ अ-

काठमाडौं । सुन तस्करीमा संलग्न समूहलाई निस्क्रिय बनाउन नसक्दा गम्भीर अपराध बढेको छ । सीमा नाकाबाट अवैध रुपमा नेपाल भित्र्याएको सुनबारे विवाद बढ्न थालेपछि तस्करीमा सक्रिय समूहले आफ्नै समूहका सदस्यको हत्यासमेत गर्न थालेका छन्।

यसअघिका घटनामा तस्करीमा संलग्न समूह–समूहबीचको आन्तरिक द्वन्द्व सार्वजनिक हुने गरेको थिएन । पछिल्लो समय तस्करबीच बढेको द्वन्द्व र अविश्वासले हत्यासम्मका घटना हुन थालेका छन्।

गत असोजमा तस्करीको सुन लुकाएको आशंकामा रसुवाका गगन लामा काठमाडौंमा मारिए । हत्याको कारण तस्करीको १८ किलो सुन देखियो । लामा मारिएको पाँच महिनापछि फेरि सुन तस्कर समूहको आन्तरिक द्वन्द्वकै कारण सनम शाक्य मारिएका छन् । तस्कर समूहले उनलाई काठमाडौंबाट अपहरण गरी सिरहाको लहान पु¥याई करेन्ट लगाएर हत्या गरेको प्रहरी प्रारम्भिक अनुसन्धानमा खुलेको छ । महानगरीय प्रहरी अपराध महाशाखा, काठमाडौंका प्रमुख एसएसपी दिवेश लोहनीका अनुसार लहानको पश्चिमतिर नेपाल–भारत सीमा नजिकै लगेर तीनजनाको समूहले शाक्यलाई यातना दिएपछि मृत्यु भएको अनुसन्धानबाट देखिएको छ।

यातनाका क्रममा शाक्यको मृत्यु भएपछि बा१२च ५९६३ नम्बरको स्कोरपियो गाडीमा शव राखेर धरानको चारकोसे झाडीमा गाड्न लैजानेक्रममा प्रहरीले शवसहित टेकराज मल्ल, नरेन्द्र कार्की र मोहन काफ्लेलाई नियन्त्रणमा लिएको छ । ‘प्रारम्भिक अनुसन्धानमा केरुङबाट तस्करी गरेर ल्याइएको साढे ३३ किलो सुन हराएपछि शाक्यले लुकाएको आशंकामा अपहरण गरेको देखिन्छ,’ एसएसपी लोहनीले भने, ‘सुन कहाँ छ भन्ने खुलाउन यातना दिँदा शाक्यको मृत्यु भएको देखिन्छ।’

असोज १६ मा काठमाडौं, स्वयम्भूमा शव फेलापरेका लामाले १८ किलो सुन केरुङ नाकाबाट नेपाल भिœयाएका थिए । महाशाखाको अनुसन्धानमा लामाले असार २ मा चिनियाँ नागरिक बोई र तेन्जिङले रसुवामा ल्याएको तस्करीको सुन लाक्पा ग्याल्जेन तामाङलाई दिएका थिए । तामाङले सो सुन काठमाडौं ल्याउने जिम्मा उनै लामालाई दिएका थिए।

सुन लिएर रसुवाबाट हिँडेका लामा सम्पर्कविहीन भए । खोजीमा खटिएको टोलीले लामाकी प्रेमिकाको सहयोगमा उनलाई नियन्त्रणमा लिएर तस्कर समूहबाटै छुरा हानेर हत्या गरेको खुलेको थियो।

तस्करीमा संलग्न समूहले सो सुन लामाले लुकाएको शंका गरेको अनुसन्धानमा खुलेको थियो । लामाले सुन लुकाए या लुकाएनन् सो खुल्न सकेको छैन।

शव फेला परेका शाक्यको हत्यामा संलग्न आरोपमा पक्राउ तीनजनाले उनी सुनसहित सम्पर्कविहीन भएपछि आफूहरुले खोजी गरेको र सुन लुकाएको खुलाउन यातना दिएर तर्साउन खोज्दा मृत्यु भएको प्रारम्भिक बयान दिएका छन्। आजको नागरिक दैनिकमा खबर छ ।

0 Comments