२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अवकासपछि व्यवसायमा रमाउँदै

अ+ अ-

काठमाडौं । अवकासपछि के गर्ने ? अधिकांशले यसबारे योजना नै बनाएका हुँदैनन् । तर, नेपाली सेनाबाट अवकास पाएका बर्दियाका पञ्चलाल नापित भने यसका अपवाद हुन् । अवकास पाउनुअघि नै उनले उद्यम या व्यवसायमा लाग्ने योजना बुनिसकेका थिए । तर, रकम कसरी जुटाउने भन्ने उनलाई चिन्ता थियो ।

‘अवकासपछि आफ्नै केही गर्छु भन्ने थियो,’ नेपाली सेनामा कार्यरत हुँदाको सोच सम्झन्छन्, ‘तर, रकम कसरी जुटाउने भन्ने चिन्ता थियो । यद्यपि, कतै न कतैबाट रकम पाइहालिन्छ भन्ने आशा थियो ।’

बि.सं.२०६९ कात्तिकमा अवकास पाएका नापितले केही समयपछि लघुवित्त कार्यक्रमबारे जानकारी पाए । र, तीन लाख रूपैयाँ ऋण लिएर पाडापालन व्यवसाय सुरु गरे । ‘तत्कालीन प्रधानसेनापतिज्यूको प्रेरणाले व्यवसाय थालेको हुँ,’ उनी भन्छन्, ‘पाडापालनमा सम्भावना देखेपछि यही सुरु गरेँ ।’ उनले सुरुमा २५ पाडाबाट व्यवसाय सुरु गरेका हुन् ।

अहिले उनले यस व्यवसायबाट मनग्ये आम्दानी गरेका छन् । उनको परिवारका तीन सदस्य यही व्यवसायबाट रोजगारी पाएका छन् ।

अहिले उनलाई बिक्री गर्ने चिन्ता पनि छैन । उनी चाइनिजले सञ्चालन गरेका दुई वटा मासु फर्ममा पाडा बिक्री गर्छन् । ‘पहिले काठमाडौं बिक्री गर्थे,’ उनी भन्छन्, ‘अहिले माग बढेकाले यही खपत हुने गरेको छ ।’ उनले पाडालाई चिकित्सकको निगरानीमा समेत राखेका छन् ।

बुबाको व्यवसायमा सहयोग गर्न छोरा खुसलाल पनि विदेशबाट फर्किएका छन् । ‘बुबालाई सहयोग गर्न स्वदेश फर्किएको हुँ,’ खुसलाल भन्छन्, ‘विदेशमा पसिना बगाउनुभन्दा स्वदेशमै केही गर्न सकिन्छ भन्ने लाग्यो ।’
अवकासपछि नाई व्यवसाय सञ्चालन गर्दै आएका चन्द्रकान्त ठाकुर पनि गरेपछि हरेक काम सम्भव हुने बताउँछन् । ‘गरे जुनसुकै काम पनि सम्भव छ,’ उनी भन्छन्, ‘त्यसैले अरु साथीहरूलाई पनि अल्छी नबन्नुस्, आफ्नै खुट्टामा उभिनुस् भन्न चाहान्छु ।’

अवकासपछि मोबाइल पसल सञ्चालन गरेका छन्, बुधन ठाकुरले । ‘परिवारको आर्थिक स्थिति उकास्न पसल चलाएको हुँ,’ उनी भन्छन् ।

यी त उदाहरण मात्र हुन्, नेपाली सेनामा अवकास पाएकाहरू व्यवसायबाट मनग्ये आम्दानी गरिरहेका छन् । यही व्यवसायबाट कतिले आर्थिक स्तर उकासेका छन् ।

नेपाल इन्भेष्टमेन्ट बैंकका सिइयो ज्योति प्रकास पाण्डे लघुवित्त कार्यक्रमबाट ऋण लिएका थुप्रैले सफलता हासिल गरेको बताउँछन् । ‘मेहनत गर्नेले व्यवसायमा पनि राम्रै प्रगति गरेका छन्,’ उनी भन्छन् ।

लघुवित्त कार्यक्रमका प्रमुख समन्वयकर्ता पूर्व मानार्थ उपरथी धनिदास कार्की अवकास पाएकाहरूमध्ये कतिपयले लघुवित्त कार्यक्रमबाट ऋण लिएर रामै्र प्रगति गरेको बताउँछन् ।

नेपाली सेना कल्याणकारी बोर्ड र नेपाल इन्भेष्टमेन्ट बैंकको सहकार्यमा लघुवित्त कार्यक्रम सञ्चालन भएको छ । कार्यक्रमले बहालबाला र अवकास पाएका सैनिक परिवारलाई कृषि, पशुपालन र उद्यम व्यवसायमा ऋण प्रवाह गर्छ ।

एस राज उपाध्यायबाट थप,

सैनिक परिवारको सहारा

भूतपूर्वहरुले बनाएको वर्तमान पहिचान

के निश्कन्छ मतपेटिकाबाटः देवता कि दानव ?

पति सेनामा, पत्नी व्यवसायमा

लघुवित्तले भिन्नै परिचय स्थापित गराएको छ

लघुवित्त कार्यक्रमले मध्यम तथा निम्न वर्गीय परिवारलाई सहयोग पुर्याएको छ

लघुवित्त कार्यक्रमले जीवनस्तरमा धेरै सुधार ल्याएको छ

सैनिक परिवारको आर्थिकस्तर बढाउन लघुवित्त कार्यक्रम सञ्चालन गरेका हौं

सैनिक परिवारको जीवनस्तर उकास्न लघुवित्त कार्यक्रम सञ्चालन गरेका हौं

0 Comments