२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दैलेखतिर : जहाँ खोलामा आगो बल्छ

अ+ अ-

राराबाट फर्कँदै गर्दा चौथो दिन दैलेखको शाही खोलाबाट मध्य पहाडी लोकमार्ग हुँदै दुल्लुतर्फ प्रस्थान गर्‍यौँ । पञ्चकोशी तीर्थ स्थल मध्ये विष्णु पादुकाको दर्शन पश्चात् दुल्लु तर्फ अगाडि बढेका थियौँ । दुल्लु मेरो वंशजको थलो पुर्खाहरूको बास स्थान हो । मेरा वंशजहरू त्यतैबाट आएका रहेछन् । वंशमा माया छ । मैले यस्तै अनुभूति गरेको छु । मलाई दुल्लु जान धेरै पहिले देखि नै मन थियो । समयले यो भन्दा अगाडि कहिल्यै लगेन तर यसपाली प्युठान नगर पालिकाले लगिदियो त्यसको लागी नगरपालिकालाई आभार प्रकट गरे ।

दुल्लु आफैमा ऐतिहासिक स्थल हो । नेपालको पश्चिम भागको शक्तिशाली राज्य पनि हो । ऐतिहासिकताले भरिपूर्ण भाषा, संस्कृति र सभ्यताले उद्गम स्थल , ज्वाला मुखी निस्केको स्थान विभिन्न जातीहरूको उत्पत्ति भएको स्थान सिञ्जा प्रान्तको एउटा भाग पनि हो दुल्लु । पञ्चकोशी क्षेत्रको पादुका स्थान विष्णुका पाउ भएका शिला हुनु , सती देवीको पाउ खस्नु , अनवरत रूपमा ज्वाला बल्नु अर्को महत्त्वपूर्ण पक्ष पनि हो तर २०२८ सालमा पादुका खोलामा आएको बाढीले धेरै क्षेत्री पुराएको रहेछ । इतिहासको धरोहर रहेको उक्त पादुका स्थानमा यत्रतत्र छरिएका थुप्रै पुरातात्त्विक बस्तुहरू रहेछन् । १०८ भन्दा बढी देवलहरू रहेको स्थान आफैमा कति महत्त्वपूर्ण क्षेत्र थियो सहजै अनुमान गर्न सकिन्छ । 

वास्तुकला, प्रस्तरकला र मूर्तिकलाको हिसाबले पनि अति महत्त्वपूर्ण रहेको उक्त स्थानलाई सामान्य रूपमै भए पनि अवलोकन गर्ने अवसर मिल्यो । मलाई कुनै धाममा पुगे जस्तो अनुभव भयो । यहाँ पञ्चकोशीको नामले पादुका, शिरस्थान, नाभिस्थान , कोटिला र धुलेश्वरलाई लिने गरिँदो रहेछ । यसपालि पादुका र शिरस्थानमा भ्रमण गर्‍यौँ । कोटिला र नाभिस्थानमा यस भन्दा पूर्व पनि भ्रमण गरेको थिए तर धुलेश्वर भने पुग्न सकिएन । सिञ्जा राज्य सञ्चालन गर्दा शीतकालीन समयमा दुल्लु मै बसेर नागराजले शासन सञ्चालन गरेको त्यहाँ भएका शिलालेखहरूमा भएको कुरा नगर प्रमुख भरत रिजालले हामी समेत उपस्थित कार्यक्रममा व्यक्त गर्नु भएको थियो । उहाँले दुल्लुबाट ३२ जात जाती हिँडेका हुन भन्ने जानकारी गराउनु भयो । उनले वंश खोज्न आउनुस् सद्भाव देखाउनुस् भन्दा अर्को मार्मिकता पाए ।  दैलेखमा सबै भन्दा होचो स्थान तल्लो डुगेंश्वर र अग्लो स्थान महावुक लेख पर्दो रहेछ । तल्लो डुंगेश्वर कर्णाली राजमार्गमै जोडिएकोले त्यहाँ त कर्णाली यात्रामा आउँदा जाँदा पुग्ने नै भइयो महावुक लेखतिर भने लागिएन । भूगोलले धनी भए पनि कर्णालीको जल क्षेत्र झण्डै २५।३० किमि दैलेख भएर बग्ने तर गिट्टी बालुवा भने अछामको बगरमा थुपारिदिँदा त्यही गिट्टी बालुवा आफूले किन्नु परेको गुनासो पनि दैलेखी जनताको रहेछ । 

नेपालको ३५ जिल्ला हुँदाका बखत सुर्खेत पनि दैलेख जिल्लामा रहेछ । प्रशासनिक काम गर्दा सुर्खेतका मान्छे पनि दैलेख पुग्नु पर्दो रहेछ । कुनै बेला सुर्खेत,जाजरकोट र अछामको केही भाग पनि दैलेखमै कायम गरिएको रहेछ तर अहिले क्षेत्रफलको हिसाबले दैलेख भेरी अञ्चल भित्रको सबै भन्दा सानो जिल्ला पनि हो । 

दुल्लुतिर घुम्दा सुन्तलाका बोटहरू प्रशस्तै देखिन्थे । अर्को मलाई जब दुल्लु प्रवेश गर्दै थिए त्यहाँ सल्लो साल एकै ठाउँमा भेटे जुन मेरो बास स्थान प्युठानमा पनि छ । बोली भाषा र रहन सहनलाई देखे जुन मेरो गाउँ समाजमा पनि छ त्यसैले पनि दुल्लुलाई नियालेको हु । दुल्लुमा मैदाने फाँट , भिराला बारीहरू , ग्रामीण बस्ती आदि कारणले पनि दुल्लुलाई आफ्नै घर गाउँ सम्झिन पुगे । पादुकामा मैले एक जना भरखरको पुजारी भाइलाई भेटे र तपाइले कतिमा पढ्दै हुनुहुन्छ भनेर सोधेको थिए । उनले गोरखनाथले लेखेका किताबहरू र त्यस्तै धार्मिक अनुष्ठानमा गरिने शिक्षा ग्रहण गर्दा रहेछन् । औपचारिक शिक्षाको लागी स्कुल जाँदा रहेनछन् । खासगरी नाथ समुदायहरू रहने भएकोले सोही अनुसारको शिक्षा ग्रहण गर्दा रहेछन् । नाथहरूको कान चिर्ने र कुण्डलु लगाउनको लागी शिरस्थान वा नाभिस्थानमा गएर गर्दारहेछन । पादुकास्थानबाट कुनै बेला मट्टितेल समेत उत्खनन गरेर प्रयोग गरेका रहेछन् । तर अहिले सो कार्य भएको पाइएन । झिँगटीले छाएका मन्दिर, छानामा देखिएका सोलार प्यानल लगायत थुप्रै प्रकारका मूर्ति मन्दिर र बाढीबाट नियन्त्रण गर्न गरिएको केही प्रयास त भेटियो तर खोलैभरि आगो बल्ने अवस्था त्यहाँ पनि पाउन सकिएन । पादुका दर्शन पश्चात् हामी दुल्लु नगरपालिका समयमै पुग्नु थियो । देवेन्द्रजीले छिटो हिँड्न गर्न संकेत गरिरहनु भएको थियो । हामीले पनि तिलक विभूति लिँदै मन्दिरका पुजारीबाट बिदा भएका थियौँ । 

दुल्लु नगरपालिकामा न्यायिक समितिको अनुभव आदान प्रदान कार्यक्रम पश्चात् पेट्रोलियम पदार्थ उत्खनन गरेको क्षेत्र हेर्ने उत्सुकता थियो । दिनमा अरवौ रकम खनिज तेललाई इन्धनमा खर्च गर्नु परेको अवस्थामा दैलेखमा उत्पादन हुन सक्ने तेल उत्पादन देशको समृद्धिमा कोषे ढुङ्गा हुन सक्छ भन्ने हुटहुटी न हो । बस्तु प्रकृतिको हो प्रयोगमा ल्याउने मान्छेले नै हो । आज भन्दा १० वर्ष पहिले २ जना इन्जिनियर प्रेम राज पोखरेल र अब्दुल खानसँगै नाभि स्थानमा पुग्दा खोलाको सिम जस्तो भागमा बुर बुर गरी फोकाहरू निस्किएका थिए । ती फोकाहरूलाई सालको पातको सोली बनाइ छोपी सोलीको पीँधको प्वालमा सलाई कोरेर बाल्दा धपक्कै आगो बलेको थियो । खोलै भरी निस्कने फोकामा आगो लागेको देख्दा नाभिमा रहेको कस्तुरी कहाँ छ भन्दै तडपिदै हिँडेको मृग जस्तै हामी पनि भौतारि रहेका त छैनौ भन्ने लागेको थियो तर अहिले पेट्रोलियम पदार्थको गुण र परिणाम थाहा पाउनकै लागी गर्न लागिएको उत्खननलाई मात्र हेर्ने हुटहुटी लागेको हो । हामी पनि सो स्थानमा हेर्न पुग्यौ । तार वार लगाएर सुरक्षा निकायले सुरक्षा दिइरहेको रहेछ । एउटा चाइनिज कम्पनीले ठुलो ड्रिल मेसिन गाडेको रहेछ । त्यही मेसिनलाई गेटैबाट हेर्‍यौँ । कम्पाउन्ड भित्र गएर हेर्न निषेध गरिएको रहेछ, त्यसैले त्यता जाने चेष्टा पनि गरेनौ । 

पेट्रोलियम पदार्थ उत्खनन गर्ने स्थानबाट हामी शिरस्थान तर्फ जाने कार्यक्रम बनायौ । हाम्रा यी कार्यक्रमहरू बाटोमा पर्दै गरेका स्थानलाई समेट्दै अवलोकन गर्ने जमर्को गरेका हौ । हामी शिरस्थान पुग्दा बेलुकाको ६ बजिसकेको थियो । अनवरत रूपमा बलिरहेका दीपहरू सल्किरहेका थिए । सबै मन्दिरलाई आलो पालो गर्दै हेर्दै गयौ । कुनै ठाउँमा ग्याँसको गन्ध आउँथ्यो । कुनै ठाउँमा जमिनमुनिबाट सल्केको दीप बलिरहेको थियो । झिँगटीले छाएको छाना ढुङ्गा माटोको घर, मन्दिरको ढोका नियालेर हेरेँ । नङले कोट्याए फेरी पनि कौतुहलता लाग्यो । कलात्मक झ्याल ढोका ,ढुङ्गाको चौकोस फेरी पनि नाभिस्थानको झल्को आइरह्यो । मैले खोलामा सीममा फुर फुर गर्दै रहेका फोकाहरू हेर्दै हिँडे तर नाभीस्थानमा जस्तो फुर फुर गर्ने फोकाहरू देखिन तर जोत त नाभिस्थान भन्दा ठुलो नै थियो । पञ्चकोशी भित्रका यी चार मन्दिरको अवलोकन पश्चात् फेरी पनि मलाई सरकारले उत्खनन गर्न लागेको पेट्रोलियम पदार्थतर्फ मन डुलाए यसका लागी राज्यले उपयुक्त अवस्थाको सृजना गर्दै छ भन्ने लाग्यो । साँझ साँझ पर्न थालिसकेको थियो नाभिस्थान र कोटिला पुग्न सकिन्छ की भन्ने आवाज पनि उठेको थियो तर मैले नै त्यहाँ पनि यस्तै अवस्था हो भनेर सबै जना त्यहीबाट फर्किएका थियौ । 

पादुका, शिरस्थान, नाभीस्थान, कोटिला दैलेखको तिर्थघाट पनि रहेछ । धेरै माथि गाउँ गाउँबाट मान्छेको अन्तिम संस्कारको लागी त्यही ल्याउँदा रहेछन् । शिरस्थानबाट पनि त्यही तिलक विभूतिलाई प्रसादको रूपमा लगायौँ र लियौँ पनि । दैलेख बजार निस्कन १० कि.मि. पक्की सडक र छोटो बाटो भए पनि तल्लो डुंगेश्वर निस्कन केही कच्ची सडक र खोलाको यात्रा गर्नु पर्ने भएकोले केही लामो बाटो भए पनि पक्की सडकलाई पछ्याउँदै केही आशा र भरोसा राख्दै दैलेखबाट सुर्खेततर्फ लागेका थियौँ ।