२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चार जिल्लामा ८५ योजना सम्पन्न

अ+ अ-

भद्रपुर (झापा) । सघन सहरी तथा भवन निर्माण आयोजना झापाको गत आव २०८०/८१ का लागि विनियोजित रु एक अर्ब १८ करोड १६ लाखमध्ये रु ९९ करोड ६७ लाख १९ हजार खर्च भएको छ । 

आयोजनाको ८४ दशमलव ३५ प्रतिशत वित्तीय प्रगति र ९५ प्रतिशत भौतिक प्रगति भएको लेखा अधिकृत रामबाबु रिजालले जानकारी दिए । उनका अनुसार ताप्लेजुङ, पाँचथर, इलाम र झापा कार्यक्षेत्र रहेको आयोजनाका एक सय नौमध्ये ८५ वटा योजना सम्पन्न भएका छन् । 

“आयोजनाअन्तर्गत सघन सहरी विकास कार्यक्रम, भवन निर्माण संहिता, नयाँ सहर आयोजना, एकीकृत बस्ती विकास, एकीकृत स्वास्थ्य पूर्वाधार, कारागार व्यवस्थापन विभाग, सङ्घीय सहरी विकास, एकीकृत कार्यमूलक योजना र आवास व्यवस्था कार्यक्रमगरी नौ वटा योजना सञ्चालनमा छन्”, उनले भने ।  

भवन निर्माण संहिताअन्तर्गत गत आवमा दमकको भ्यूटावर रु एक अर्ब ४५ करोड ७४ लाखमा सम्पन्न भएको छ । एकीकृत स्वास्थ्य पूर्वाधारअन्तर्गत गत आवमा नै पाँचथरको फिदिममा लुङरुपा आयुर्वेद औषधालय रु दुई करोड २४ लाखको लागतमा सम्पन्न भएको छ । 

यसैगरी सघन सहरी तथा भवन निर्माण आयोजनाअन्तर्गत ७ दशमलव ९ किलोमिटर सडक कालोपत्र, चार किमी ढलान, १० किमी ग्राभेल र १० किमी नाला निर्माण सम्पन्न भएको छ । त्यस्तै आयआर्जन हुने पूर्वाधार निर्माणमा पशुपतिनगर बसपार्क, कन्याम उद्यानमा पर्खाल, महावीर उद्यान, पपोहाँग लावती स्मृतिपार्क, अन्तु पोखरी, कृषि उपज सङ्कलन केन्द्रलगायत योजना निर्माणाधीन रहेका लेखा अधिकृत रिजालले जानकारी दिए ।