२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय तह र प्रदेशलाई अधिकार सम्पन्न बनाऔँ, संविधान संशोधनबारे त्यसपछि बहस गरौँला : कृष्ण सिटौला 

अ+ अ-

काठमाडौँ। राष्ट्रिय सभामा नेपाली काँग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले संविधानको पूर्ण कार्यान्वयन नगरी संशोधनको विषयमा बहस चलाउनु उचित नहुने बताएका छन् ।

शुक्रबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय समिति बैठकमा बोल्दै नेता सिटौलाले संविधान अनुसार प्रदेश र स्थानीय तहले अधिकार नै पाउन नसकेको बताए ।

नेपाली काँग्रेस र नेकपा एमालेका बीचमा सत्ता सहकार्य हुनु अगाडि गत असार १७ गते मध्यराति भएको ७ बुँदे सहमतिमा संविधान संशोधन गर्नेसहितका विषय रहेका छन् । दुई ठुला दल मिलेर सरकार बनाउँदै गर्दा आएको संविधान संशोधन गर्ने विषयले नेपालभित्र मात्रै नभएर अन्तराष्ट्रिय स्तरमा समेत तरंग पैदा गरेको टिप्पणी गरे ।

दुई ठुला दल मिलेर सरकार बनेको अवस्थामा संशोधन गर्नेभन्दा पहिले संविधान कार्यान्वयनको समीक्षा गर्न आवश्यक रहेको उनले बताए । संविधान अनुसार प्रदेश र स्थानीय तहले अधिकार पाएर त्यसको उपयोग हुँदा कमजोर पक्ष देखिए समीक्षा गरेर संविधानमा आवश्यक पुनरावलोकन गर्न सकिने उनको राय छ ।

‘प्रदेशको अधिकार र स्थानीय तहको अधिकार हामीले दिएकै छैनौँ। के संशोधन गर्ने ?’ सिटौलाको प्रश्न छ ।

संविधानअनुसार न्यायपालिका, संवैधानिक निकायहरू, संघीय व्यवस्थापिका, प्रदेश सभा सबैको समीक्षा गर्न आवश्यक रहेको र यसका लागि वर्तमान सत्तागठबन्धनले अगुवाइ गर्नुपर्ने उनको प्रस्ताव छ ।

‘पहिले संविधान कार्यान्वयनको समीक्षा गरौँ । त्यसपछि संविधान संशोधनको बहसमा प्रवेश गरौँला’ नेता सिटौलाले भनेका छन् ।