२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साउन महिनामा बिदेसिए ५९ हजार नेपाली 

अ+ अ-

काठमाडौँ । गत साउन महिनामा ५९ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार साउन महिनामा ५९ हजार ५७५ जनाले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका हुन् ।

जसमा ५१ हजार ४३० पुरुष र आठ हजार १४५ महिला रहेका छन् । पहिलो पटक श्रम स्वीकृति लिएर जानेको सङ्ख्या भने ३६ हजार ९२८ रहेको छ । जसमा ३१ हजार २५६ पुरुष र पाँच हजार ६७२ महिला रहेका छन् । सबैभन्दा बढी युएई गएका छन् । युएईका लागि १७ हजार ५४१ जनाले श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका छन् । जसमा १४ हजार ८२३ पुरुष र दुई हजार ७१८ महिला रहेका छन् ।

त्यसपछि क्रमशः साउदी अरेबिया ११ हजार ८०९, कतार ११ हजार ७८५, कुवेत ४६९५, रोमानिया २२९८, मलेसिया १ हजार ३४४ जनाले श्रम स्वीकृति लिएका छन् । पछिल्लो समय मलेसियाको रोजगारीमा भने घट्दो क्रममा देखिएको छ । मलेसियाले आप्रवासी कामदार ल्याउन रोक लगाएसँगै मलेसिया जाने श्रमिकको सङ्ख्या घटेको हो ।

साउन महिनामा ५४७ म्यानपावर कम्पनीहरूले २५ हजार ५०७ जनालाई वैदेशिक रोजगारीमा पठाउनका लागि श्रम स्वीकृति लिएका छन् । जसमा २२ हजार २८५ पुरुष र तीन हजार २२२ महिला रहेका छन् । अघिल्लो वर्षको साउनमा म्यानपावर कम्पनीहरूले २९ हजार २२९ जनाले वैदेशिक रोजगारीमा पठाउनका लागि श्रम स्वीकृति लिएका थिए ।