२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पेरिस पारालिम्पिक नेपालबाट ३ खेलाडीले प्रतिस्पर्धा गर्दै

अ+ अ-

काठमाडौं । पेरिस पारालिम्पिक बुधबारदेखि फ्रान्सको पेरिसमा सुरु हुँदैछ । पेरिस ओलम्पिक सकिएपछि अहिले फ्रान्समा पेरिस पारालिम्पिकको रौनक छ ।

जसमा नेपालबाट दुई खेलका तीन खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । ओलम्पिकमा सहभागितामै सीमित भएको नेपालले पारालिम्पिकमा भने पदक जित्ने लक्ष्य राखेको छ ।

नेपालबाट पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोका पलेशा गोबर्धन र भरतसिंह महता तथा पारा पौडीका भीमबहादुर कुमालले प्रतिस्पर्धा गर्दैछन् ।

पलेशाले तेक्वान्दोको के-४४ अन्तर्गत महिला ५७ केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गर्नेछिन् भने भरतले के-४४ अन्तर्गत पुरुष ५८ केजीमुनि तौलमा प्रतिस्पर्धा गर्नेछन् । यस्तै भीमले पौडीको पुरुष ५० मिटर फ्रि-स्टाइलमा प्रतिस्पर्धा गर्नेछन् ।

पलेशाले लगातार दोस्रो पटक पारालिम्पिक खेल्दैछिन् । भरत र भीम भने पहिलो पटक ओलम्पिक खेल्दैछन् ।

पलेशाले पहिलो पटक टोकियो पारालिम्पिक खेल्दा इतिहास रचेकी थिइन् । त्यसबेला पहिलो खेलमा पराजित भए पनि रिपिजेजको मौका पाएका पलेशाले लगातार दुई खेल जित्दै कांस्य पदक नजिक पुगेकी थिइन् । तर, उनी पदकको खेलमा भने चिनियाँ खेलाडी ली युजीसँग पराजित पराजित हुँदा पदक जित्नबाट वञ्चित भएकी थिइन् ।

उनले ओलम्पिकमा दुई खेल जित्ने पहिलो नेपाली खेलाडीसमेत हुन् । पलेशाले गत असोजमा चीनको हान्झाउमा भएको चौथो पारा एसियाली खेलकुदमा कांस्य पदक जितेकी थिइन । उनी पारा एसियाली खेलकुदमा पदक जित्ने पहिलो नेपाली खेलाडी समेत हुन् ।

यसअघि सन् २०२१ मा जापानको टोकियमा भएको पारालिम्पिकमा पहिलो पटक सहभागिता जनाएकी पलेशा यस पटक छनोट चरण पार गरेर पारालिम्पिकमा पुगेकी हुन् । पलेशाले चैतमा चीनको ताइयानमा भएको पारालिम्पिकको एसियाली छनोटमा स्वर्ण जित्दै पारालिम्पिकमा छनोट भएकी हुन् ।

पलेशाले छनोटको फाइनलमा इरानी खेलाडी लेला मिर्जाइलाई ५-४ ले पराजित गरेकी थिइन् । तेक्वान्दोकै भरत र पारा पौडीका भीम भने वाइल्ड कार्डमार्फत पारालिम्पिकमा खेल्ने अवसर पाएका हुन् ।

यस पटक नेपाली खेलाडीबाट पारलिम्पिकमा पदकको आशा गरिएको छ । पारा तेक्वान्दो टिमका प्रशिक्षक कविराज नेगी लामाले यस पटक पलेशाबाट पदकको ठूलो आशा रहेको बताउँदै आएका छन् ।