१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महको बजारीकरण गरिदिन कृषिमन्त्री समक्ष किसानको माग

अ+ अ-

भरतपुर (चितवन) । किसानले स्थानीय रूपमा उत्पादन भएको महको बजारीकरण गरिदिन माग गरेका छन् । बिहीबार कृषि तथा पशुपक्षी विकास रामनाथ अधिकारीलाई भेटेर किसानहरूले महको उत्पादन र बजारीकरणमा देखिएको समस्या समाधान गरिदिन माग गरेका हुन् । कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीसहित काठमाडौँ पुगेका किसानले यही अवस्था रहिरहे किसान पलायन हुन बाध्य हुने बताएका छन् ।

नेपाल मौरीपालक महासङ्घका निवर्तमान अध्यक्ष शिव पौडेलले किसानको मह बिक्री नभएर डम्पिङ हुने अवस्थामा आएको बताए । उनले भने, “यहाँका किसानले उत्पादन गरेको मह बिक्री भएको छैन, भारतबाट आउने मह ल्याउन छाडिएको छैन, यस्तो अवस्थामा किसान कसरी टिक्न सक्छन् ।”

कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले कृषिमन्त्री अधिकारीलाई समग्र राष्ट्रिय मौरीपालक किसानको समस्या, चितवनको कालिकामा रहेका मौरीपालक किसानद्वारा उत्पादित महको बजारीकरण समस्या आफूले प्रत्यक्ष देखेको हुनाले कृषिमन्त्री अधिकारीलाई नेपालमा उत्पादित महलाई पहिलो प्राथमिकता दिनुपर्ने सुझाव दिए । कालिकामा आवश्यक पर्नेभन्दा धेरै बढी मह उत्पादन भइरहेकाले निर्यातको राम्रो ठाउँ खोजी दिन मन्त्री अधिकारीसमक्ष नगरप्रमुख रेग्मीले अनुरोध गरे ।

“किसानले मेहनत र लगानी गरेर उत्पादन गरेको महले बजार पाउन नसक्दा सोचेभन्दा उत्पादन बढाउन सकेका छैनन् । बजार सुनिश्चित हुने हो भने उत्पादन अझै बढाउन सकिन्छ”, नगरप्रमुख रेग्मीले भने, “उत्पादित महले बजार नपाउँदा किसान निराश हुनुपर्ने अवस्था सृजना हुँदै गएको छ ।”

नेपालमा उत्पादित महको बजार बढाउनका लागि भारतबाट आउने मह रोक्नुपर्नेमा उनले जोड दिए। चितवनको कालिका नगरपालिकासहित जिल्लामा मह उत्पादन निकै राम्रो भइरहेकाले अब उत्पादनभन्दा पनि बजारीकरणको चिन्ता बढ्दै गएको उनले बताए । उनले महको बजारीकरणका लागि विशेष योजना बनाउन कृषिमन्त्री अधिकारीलाई अनुरोध गरे ।

प्रतिक्रिया दिनुहोस