२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वैशाख ७ गतेलाई राष्ट्रिय याक दिवसका रूपमा मनाइने

अ+ अ-

काठमाडौँ । नेपाल सरकारले प्रत्येक वर्षको वैशाख ७ गतेलाई राष्ट्रिय याक दिवसका रूपमा मनाउने निर्णय गरेको छ । मन्त्रीपरिषद्को आज बसेको बैठकले वैशाख ७ गतेलाई याक दिवसको रूपमा मनाउने निर्णय गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

कृषि  तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले यही भदौ ३० गते मन्त्रालयले तयार पारेको यससम्बन्धी प्रस्ताव स्वीकृत गरेका थिए । याक तथा चौरीको संरक्षण एवं राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा यसको प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय याक दिवस मनाउने  निर्णय  गरिएको जानकारी दिए ।

याक दिवसको घोषणाले याक जन्य वस्तुहरूको गुणस्तरीयतामा वृद्धि भई राष्ट्रिय आय वृद्धिमा योगदान दिन सक्ने र याक तथा चौँरीको विकास र प्रवर्द्धनमा सहयोग पुग्ने पुग्ने विश्वास मन्त्रालयले लिएको मन्त्री अधिकारीले बताए । 

जङ्गली याकसँग स्थानीय गाईको क्रस गरी घरपालुवा चौरीको विकास गरिने भएकाले याकको संरक्षण चौँरी उत्पादनसँग प्रत्यक्ष रूपमा जोडिएको छ ।

नेपालमा मात्र उत्पादन हुने विश्व प्रसिद्ध याक चिज ओमेगा-३ फयाट्टी एसिडको स्रोत रहेको, याकको  दही प्रसिद्ध दुग्ध परिकारको रूपमा रहेको, याकको  दूधबाट बनेको छुर्पी हिमाली क्षेत्रका किसानहरूको  आम्दानीको  प्रमुख स्रोतका रूपमा रहेको छ  । 

याकलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन ,२०२९ ले संरक्षित वन्यजन्तुको सूचिमा उल्लेख गरेको  छ  ।  याक अनुवांशिक स्रोत केन्द्रले २०८० साल वैशाख ७ गते आफ्नो ५० औँ स्थापना दिवस स्वर्ण जयन्तीको रूपमा मनाउने सन्दर्भमा याक तथा चौरीको संरक्षण र  संवर्द्धनका लागि वैशाख ७ गतेलाई राष्ट्रिय याक दिवस घोषणा गरी मनाउन उपयुक्त हुने निर्णय गरेको  थियो ।