३० कार्तिक २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दाङमा जुवा खेलेको आरोपमा दुई दिनमा ३२ जना पक्राउ, १० लाखभन्दा बढी बरामद

अ अ+ अ-

काठमाडौँ । घोराही र तुलसीपुरमा जुवा खेलेको आरोपमा प्रहरीले दुई दिनमा ३२ जनालाई पक्राउ गरेको छ । शनिबार घोराहीबाट १७ जना र आइतबार तुलसीपुरबाट १५ जना पक्राउ परेका हुन् । दुवै कारबाहीमा १० लाख ४२ हजार ९५३ रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सबैलाई कानुनी प्रक्रिया अघि बढाउन सोमबार जिल्ला अदालतमा उपस्थित गराउने प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुर र जिल्ला प्रहरी कार्यालय दाङको संयुक्त टोलीले आइतबार राति करिब ११ बजे तुलसीपुर उपमहानगरपालिका-५ को मासुमार्केटस्थित तेजबहादुर डाँगीको घरमा छापा मारेको थियो । सूचनाका आधारमा खटिएको टोलीले त्यहाँबाट १५ जनालाई पक्राउ गरेको हो । सो क्रममा ५ लाख ३० हजार २५३ रुपैयाँ नगद र १२ प्याकेट तास बरामद भएको प्रहरीले जनाएको छ ।

यसअघि शनिबार साँझ जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमबहादुर केसीको नेतृत्वमा खटिएको टोलीले घोराहीका दुई स्थानमा एकैसाथ छापा मारेको थियो । ती स्थानबाट १७ जना पक्राउ परेका थिए भने ५ लाख १२ हजार ७०० रुपैयाँ नगद बरामद भएको थियो ।

घोराही–१५ स्थित नेपाली काँग्रेसका नेता भूपबहादुर डाँगीको घरबाट उनीसहित केही व्यक्ति पक्राउ परेका थिए । घोराहीबाट पक्राउ पर्नेमा घोराही-१६ का वडाध्यक्ष ताराबहादुर डाँगी, घोराही खानेपानी संस्थाका अध्यक्ष ध्रुव केसी र होटेल व्यवसायी ओपेन्द्र महरा पनि छन् ।

घोराहीमा पक्राउ परेकामध्ये केहीलाई उपचारका लागि भन्दै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको बताइएको छ ।

0 Comments