काठमाडौँ । दुर्गा प्रसाईँलाई काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको छ ।
आइतबार उनलाई जिल्ला अदालतमा पेस गरिएको हो । त्यसअघि उनलाई साइबर ब्युरोबाट अस्पताल लगिएको थियो । अस्पतालबाट प्रसाईँलाई जिल्ला अदालत ल्याइएको हो ।
प्रसाईँलाई अदालत ल्याउँदा उनका समर्थकले नाराबाजी गरेका थिए । नाराबाजी गर्ने चार जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।