१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शनिश्चरे नगर अस्पतालमा सेवा लिनेको संख्या दोब्बरले वृद्धि

अ+ अ-

बनियानी (झापा) ।  जिल्लाको अर्जुनधारास्थित शनिश्चरे नगर अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या दोब्बरले वृद्धि भएको छ । 

नगर अस्पतालमा आमा सुरक्षाका कार्यक्रमसँगै शल्यक्रियासहितको प्रसूति सेवा सुरु भएपछि यहाँ प्रसूति सेवा लिनेको संख्या दोब्बरले वृद्धि भएको हो । नगर अस्पतालमा आर्थिक वर्ष २०८१/८२ को हालसम्म ७६ जनाले प्रसूति सेवा लिएको अस्पतालका अभिलेख शाखा प्रमुख किरणकुमार खरेलले जानकारी दिए । आव २०८०/८१ मा ८३ जनाले सेवा लिएका थिए ।

आमा सुरक्षा नमूना कार्यक्रमअन्तर्गत सङ्घीय सरकारबाट आवश्यक अत्याधुनिक उपकरण प्राप्त भएपछि प्रसूति गराउन आउने सङ्ख्या उल्लेख्य वृद्धि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.योगेश चेम्जोङले बताए । “दक्ष जनशक्तिसँगै पूर्वाधार पर्याप्त भएकाले पनि आकर्षण बढ्दै गएको छ”, उनले भने, “सेवाग्राहीलाई गुणस्तरीय सेवा दिने प्रयास गरिरहेका छौँ, सेवाग्राहीको विश्वास पनि बढिरहेको छ ।”

गत आवमा नगर अस्पतालबाट ७९ हजार आठ सय ६२ जनाले बहिरङ्ग सेवा लिएका थिए भने चालु आवको भदौसम्म १७ हजार तीन सय ३४ जनाले सेवा लिएको अस्पतालले जनाएको छ ।

हालै नगर अस्पताललाई संघीय सरकारले रु ७६ लाख बराबरको स्वास्थ्य उपकरण प्रदान गरेको छ । अस्पतालको सेवाको स्तरवृद्धिका लागि संघीय सरकारले अत्याधुनिक प्रसूति शय्या, इसिजी मेसिन, फोटोथेरापी मेसिन एक–एक थान, बिरामी शय्या नौ थान, एक्स–रे मेसिन एक थान, बिपी सेट पाँच थान, ल्याब्रोटेरी माइक्रोस्कोप एक थान, सिटीजी मेसिन एक थान र पोर्टेबल भिडियो एक्स–रे मेसिन एक थान प्रदान गरेको हो ।

नगर अस्पतालको भवन निर्माणका लागि सरकारले चालु आवमा रु सात करोड बजेट विनियोजन गरेको उनले बताए । नयाँ भवन सञ्चालनमा आएपछि सेवा विस्तार हुने उनले बताए । अस्पतालमा दुई चिकित्सक अत्यावश्यक रहेकाले मन्त्रालयसँग माग गरिएको नगरप्रमुख गोम्देनले बताए । 

प्रतिक्रिया दिनुहोस