२६ असार २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रहरी दिवसमा उत्कृष्ट प्रहरी कर्मचारीलाई सम्मान

अ+ अ-

काठमाडौँ । ६९औँ प्रहरी दिवसका अवसरमा आज उत्कृष्ट प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । 

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित विशेष कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी तथा प्रहरीलाई सहयोग पुर्‍याउने विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान तथा पुरस्कार प्रदान गरेका हुन् ।  

यस वर्षको नेपाल प्रहरी कार्यदक्षता मूल्यांकन-२०८१ मा प्रदेश प्रहरी कार्यालयमध्ये उत्कृष्ट व्यवस्थापक विधातर्फ सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी नायब महानिरीक्षक रविन्द्र केसी र उत्कृष्ट सिर्जनशील कार्यतर्फ कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायब महानिरीक्षक चन्द्र कुबेर खापुङलाई पुरस्कार प्रदान गरिएको छ । 

नेपाल प्रहरी अन्तर प्रदेश कार्यदक्षता मूल्यांकन (पुलिस व्याटन) २०८१ अन्तर्गत आ-आफ्नो विधामा उत्कृष्ट कार्य गर्ने नेपाल प्रहरी प्रदेश कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक ध्रुवराज राउत, प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक अविनारायण काफ्ले, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक अपिलराज बोहरा, काठमाडौँ उपत्यका विशेष सुरक्षा गणका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरलाई पनि सम्मान गरिएको छ ।

यस्तै प्रदेश प्रहरी गण पोखराका प्रहरी उपरीक्षक अनन्तराम शर्मा, जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक नरेन्द्र चन्द, इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारी, जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक शोभा पाण्डे, नेपाल प्रहरी विद्यालय सुर्खेतका प्रहरी निरीक्षक चक्रबहादुर डम्बर पाल, इलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरका प्रहरी निरीक्षक गौरीप्रसाद जैसी, प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक नवीन चुदालीलाई पनि सम्मान गरिएको छ । 

सोही विधामा प्रहरी चौकी सत्ती कैलालीका प्रहरी वरिष्ठ नायब निरीक्षक टेकबहादुर चन्द, नेपाल प्रहरी विशेष सुरक्षा गण कञ्चनपुरका प्रहरी नायब निरीक्षक जोखबहादुर विक, प्रहरी चौकी चैनपुर चितवनका प्रहरी सहायक निरीक्षक गोविन्दबहादुर महतो, प्रदेश प्रहरी गण हेटौँडाका प्रहरी हवल्दार पारेश्वर भण्डारी र प्रदेश प्रहरी तालिम केन्द्र बुटवलका प्रहरी जवान ध्रुवनाथ चौवेलाई प्रशंसा पत्र एवम् पुरस्कार प्रदान गरिएको थियो ।

उत्कृष्ट अनुसन्धानकर्ताको विभिन्न विधातर्फ प्रहरी उपरीक्षक सञ्जय सिंह थापा, प्रहरी नायब उपरीक्षक ईश्वर थापा, प्रहरी वरिष्ठ नायब निरीक्षक ऋषिकेश सुवेदी, प्रहरी नायब निरीक्षक जीवनकुमार कार्की र प्रहरी नायब निरीक्षक सुवाष यादवलाई पनि महानिरीक्षक कुँवरले प्रशंसा पत्र प्रदान गरे । 

समारोहमा उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापनतर्फ प्रहरी नायब उपरीक्षक यमकुमार श्रेष्ठ, उच्च व्यावसायिक आचरणतर्फ प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्का, उत्कृष्ट ट्राफिक प्रहरीतर्फ प्रहरी निरीक्षक जितेश दाहाल, उत्कृष्ट सामुदायिक प्रहरीतर्फ प्रहरी वरिष्ठ नायब निरीक्षक विजय महतलाई सम्मान गरिएको छ  ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रतर्फ उत्कृष्ट कार्य गर्ने प्रहरी नायब निरीक्षक संगीता रसैली, प्रहरी सहायक निरीक्षक पविता थापा, प्रहरी सहायक निरीक्षक सजिना चौगुठी, प्रहरी जवान जानकी अधिकारी र प्रहरी जवान दुरा कार्कीलाई पनि सम्मान गरिएको छ । 

उत्कृष्ट विपद् व्यवस्थापन कार्य गर्ने प्रहरी निरीक्षक शत्रुधनकुमार महतो, प्रहरी हवल्दार दीपक सिंह, प्रहरी सहायक हवल्दार सुमन रायमाझी, प्रहरी जवान दीपक भण्डारी, प्रहरी जवान मिलन लामिछाने, उत्कृष्ट आन्तरिक प्रशिक्षकतर्फ प्रहरी वरिष्ठ नायब निरीक्षक सुमन थापा, उत्कृष्ट बाह्य प्रशिक्षकतर्फ प्रहरी सहायक निरीक्षक युवराज बस्नेत र प्रहरी जवान विमला चौधरीलाई पनि सम्मान गरिएको छ । 

उत्कृष्ट खेलाडी प्रशिक्षकतर्फ प्रहरी सहायक निरीक्षक रूपेशकुमार बिष्टलाई सम्मान पत्र तथा नगद पुरस्कार प्रदान गरियो । साथै नेपाल प्रहरी स्मारक गुठिका सात जना आजीवन सदस्यलाई कदर पत्र प्रदान गरियो । 

यस्तै महानिरीक्षक कुँवरले नेपाल प्रहरीलाई निःशुल्क जग्गा प्रदान गर्ने सङ्खुवासभाका विमला लिम्बु, लमजुङका रामजी चिलुवाल, रुकुम पूर्वका दिनेश किशोर पुन, विनसरा पुन, मणिभक्त पुन, मीनबहादुर घर्ती र रुपन्देहीका शैलेन्द्रकुमार चौधरीलाई कदर पत्र प्रदान गरे । अन्य विधाका उत्कृष्ट प्रहरी कर्मचारी र सहयोगीलाई पनि सोही अवसरमा सम्मान गरिएको थियो । साथै नेपाल प्रहरीलाई निःशुल्क जग्गा प्रदान गर्नुहुने अन्य ४६ जनालाई सम्बन्धित प्रदेश प्रहरी कार्यालयबाट कदर पत्र प्रदान गरिने जनाइएको छ ।

पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्नुहुँदै महानिरीक्षक कुँवरले प्रहरी संगठनप्रति आम नागरिकको विश्वास ऊर्जा र शक्तिको स्रोत भएको चर्चा गर्दै जनविश्वासअनुरूप कार्यसम्पादन गर्न अझ बढी जबाफदेही र व्यावसायिक हुनुपर्ने बताए ।