२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सम्पत्ति, बजेट तथा कार्यक्रम हस्तान्तरण गर्न निर्देशन

अ+ अ-

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा कर्मचारी र चलअचल सम्पत्ति, बजेट तथा कार्यक्रमको हस्तान्तरण गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएको छ ।

मन्त्रालयले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै स्थानीय तहको सेवा प्रवाहलाई छिटो छरितो तथा प्रभावकारी बनाउन कर्मचारी र स्रोतसाधनको व्यवस्था गर्न मन्त्रालयले यस किसिमको कामलाई अघि बढाएको जनाएको छ ।

स्थानीय सरकार सञ्चालन भएको एक वर्ष भइसके पनि स्थानीय तहले अधिकार नपाउँदा अधिकार तहको कार्य सम्पादनमा ढिलाइ भइरहेको मन्त्रालयको ठहर छ ।

जिल्ला समन्वय समितिले सेवा प्रवाहसम्बन्धी व्यवस्था, २०७४ अनुसार स्थानीय तहलाई स्रोत तथा साधन प्रदान गर्नुपर्ने भएपनि समितिले स्थानीय तहलाई आर्थिक तथा अचल सम्पत्ति प्रदान नगरेकाले स्थानीय तहबाट हुने सेवा प्रवाहमा समस्या भएको विज्ञप्तिमा भनिएको छ ।

कार्यालयमा रहेको चलअचल सम्पत्ति, बजेट तथा कार्यक्रम सम्बद्ध स्थानीय तहमा स्थानान्तरणका लागि तदारुकताका साथ सम्पन्न गर्न सबै जिल्ला समन्वय समितिलाई आग्रह गरिएको गरिएको छ ।

स्थानीय तहलाई आवश्यक पर्ने प्राविधिक जनशक्ति करारमा लिएर काम अघि बढाउन मन्त्रालयले सबै स्थानीय तहलाई निर्देशन दिएको छ । कर्मचारी व्यवस्थापनका कार्यलाई यथाशीघ्र सम्पन्न गरी स्थानीय तहको सेवा प्रवाहका लागि मन्त्रालय सक्रियरुपमा लागेको बताइएको छ ।

0 Comments