२६ असार २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

युगाण्डामा खेल्न जाने क्रिकेट टोलीको बिदाइ

अ+ अ-

काठमाडौँ । यही मार्च ८ देखि युगाण्डामा सुरु हुने चार देशीय महिला टी-२०आई शृंखला खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले बुधबार मुलपानीस्थित क्यानको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी टोलीको बिदाइ गरेको हो ।

शृंखलामा नेपाल, युगाण्डा, हङकङ र नामिबियाको सहभागिता । नेपालले नामिबियासँग महिला क्रिकेटमा पहिलो पटक खेल्न लागेको हो ।

बिदाइ कार्यक्रममा बोल्दै टिमकी कप्तान इन्दु बर्माले युगाण्डामा गएर राम्रो क्रिकेट खेलेर फर्कने बताइन् ।

त्यसैगरी प्रशिक्षक मनोज कटुवालले पनि कमजोरीहरू सुधार गरी सिरिज जितेर फर्कने बताए ।

त्यसैगरी क्यानका सचिव पारस खड्काले नयाँ ठाउँमा गएर खेलेर नयाँ अनुभव बटुल्न मद्दत पुग्ने बताए । टिमलाई शुभकामना दिँदै उनले भने, ‘जित र हारको मुल्यांकन भइरहेकै हुन्छ, हामी तपाईहरूमा विश्वास गर्छौँ, राम्रो क्रिकेट खेलेर फर्कनु हुनेछ भन्ने आशा सहित शुभकामना।’

नेपालले मार्च ८ (फागुन २४)मा नामिबियासँग खेल्नेछ भने, फागुन २५ मा युगाण्डासँग, फागुन २६ मा हङकङसँग खेल्ने छ । त्यस्तै फागुन २८ मा नामिबियासँग, २९ मा युगाण्डासँग र ३० मा हङकङसँग खेल्ने छ ।

यी सबै खेलहरू सकिएपछि शीर्ष २ मा हुने टोलीले फाइनल खेल्ने छन् ।

नेपालको टोलीमा इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, पूजा महतो, अलिशा कुमारी यादव, बिन्दु रावल, सम्झना खड्का, ममता चौधरी, कविता जोशी, रिया शर्मा, सना प्रवीन, रोमा थापा, राजमती ऐरी, रचना चौधरी र ईश्‍वरी विष्ट छन् ।