१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाराबाट ‘प्रचण्ड’ले भने-‘काँग्रेस-एमालेसँगको सहकार्यले घाटा भएको प्रमाणित भयो’

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गएका निर्वाचनहरूमा नेपाली काँग्रेस र नेकपा एमालेसँग सहकार्य गर्दा आफ्नो पार्टीलाई घाटा भएको कुरा अहिले प्रमाणित भएको बताएका छन् ।

पार्टीको जिल्ला समन्वय समिति, बाराले आयोजना गरेको तराई-मधेश जागरण सभालाई सम्बोधन गर्दै उनले गत उपनिर्वाचन र अहिले जारी स्ववियु निर्वाचनको परिणामले उक्त अवस्था देखाएको दाबी गरेका हुन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ‘प्रचण्ड’ले एमाले र काँग्रेसले अब माओवादी केन्द्र आफ्नै खुट्टामा उभिन सक्दैन भनेर स्थापना गर्न थालेको भाष्य गलत साबित भएको पनि बताएका छन् ।

‘भर्खरै स्ववियुको निर्वाचन सम्पन्न भएको छ । केही कलेजमा बाँकी छ । त्यो निर्वाचनमा युवा विद्यार्थीहरूको रुझान, चेतना कतातिर जाँदैछ भन्ने कुराको बडो राम्रो संकेत दिइएको छ,’
‘प्रचण्ड’ले भनेका छन् ।

उनले केही क्याम्पसहरूमा नयाँ इतिहास रचना भएको भन्दै यसअघिका सहकार्यबाट माओवादीलाई घाटा भएको बताए ।

‘यो पटक साँच्चै केही नयाँ इतिहासको रचना भएको छ । हिजो माओवादी केन्द्र अब अरूको वैशाखी नटेकी उठ्नै सक्दैन भन्ने भाष्य एमाले र काँग्रेसहरूले बनाएका थिए,’ अध्यक्ष प्रचण्डले भने, ‘गएको उपचुनावमा हामी आफ्नै खुट्टामा उभिएर परिणाम आफ्नो पक्षमा पार्न सक्छौँ भन्ने बनाएका थियौँ ।’

प्रचण्डले अघि थपे, ‘वास्तवमा हामी कहिले काँग्रेस र एमालेसँग सहकार्य गर्दा हामीलाई घाटा भएको नै प्रमाणित भयो ।’

प्रतिक्रिया दिनुहोस