२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पत्रकार सुरेश रजक खोज्न पटक पटक जाँदा पनि भेटिएनन् : सशस्त्र प्रहरी महानिरीक्षक अर्याल

अ+ अ-

काठमाडौँ । सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले तीनकुने घटनामा आवश्यकताको आधारमा बल प्रयोग भएको जिकिर गरेका छन् ।

उनले सुरक्षा निकायका घाइतेलाई अस्पताल लान राजावादी आन्दोलनका प्रदर्शनकारीहरुले अवरोध पुर्‍याएको, ग्याँस गन लुटिएको लगायतका घटना विवरण सुनाउँदै कम क्षतिमा स्थिति नियन्त्रणमा लिने प्रयास भएको बताए ।

प्रतिनिधि सभा अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबार भएको बैठकमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले आन्दोलनका बेला सुरक्षाकर्मीले बल प्रयोग गरे पनि नगरे पनि प्रश्न उठ्ने बताए ।

उनले भने, ‘सुरुमा नै सभा स्थलमा नगएर प्रहरीकोमा आएपछि तलमाथि भएको हो । सुरक्षा फौजले न्यून क्षतिमा गरेको हो । बल प्रयोग आवश्यकताका आधारमा भएको छ । यस्तो अवस्थामा प्रश्न उठ्न जरुरी छ । कम क्षतिमा काम गर्ने प्रयास गरेका छौँ । ग्याँस गन लुटिएको छ । सुरक्षा निकायका घाइतेलाई पनि अस्पताल पुर्‍याउन अवरोध भएको थियो । ३ देखि ४ घण्टामा स्थिति नियन्त्रणमा लिएका थियौँ । सुरक्षाको बारेमा कम बल प्रयोग गर्दा र बढी प्रयोग गर्दा पनि प्रश्न उठ्छ । सुरक्षामा कमजोरी भयो भने भित्र मिलाउनुपर्छ । बाहिर गयो भने राष्ट्रिय सुरक्षामा असर गर्छ । आगलागी भएको भवनको ३ तलासम्म पुग्दा चौथो तलामा ताला लगाइएको रहेछ । धेरै पटक पुग्दा पनि भेटिएन । दमकलमा नै आगो लगाउने प्रयास गर्दा समस्या भयो । भित्र मान्छे छ भन्ने आशा गरिएन । तल आउँदा पनि निसास्सिएको अवस्था थियो । मृत्यु भएको शव निकाल्न त जोखिम मोलेर गरिने गरेको छ भने जीवित छ भन्ने थाहा भएको भए उद्धारमा नजाने भन्ने कुरै हुँदैन । प्रहरी संगठनलाई साधन स्रोत अभाव छ । यसै समितिबाट निर्देशन सरकारलाई गयो भने बरु हामी सूची बुझाउँछौँ ।’