काठमाडौँ । दुर्गा प्रसाईँले आफ्नो सुरक्षा ग्यारेन्टी गरिएको खण्डमा २४ घण्टाभित्रै सार्वजनिक हुने घोषणा गरेका छन् ।
फरार अवस्थामा रहेका व्यवसायी पर्साइले सामाजिक सञ्जालमा एक भिडियो पोष्ट्याउदै सो घोषणा गरेका हुन् ।
प्रसाईँको सचिवालयको फेसबुक पेजबाट भिडिओ सार्वजनिक भएको हो । साढे आठ मिनेट लामो भिडिओमा प्रसाईँले आफू नेपालमै रहेको दाबी गरेका छन् ।
गत चैत १५ को आन्दोलनमा मारिएका दुई युवाको परिवारलाई ५-५ लाख रुपैयाँ दिने घोषणा पनि उनले गरे । आफू बाहिर आएपछि उक्त रकम दिने उनले बताएका छन् ।