काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौँ काँग्रेसका पूर्वसभापति तीर्थराम डंगोलको निधन भएको खबरले आफू मर्माहत भएको बताएका छन् ।
नेता डंगोलको निधनमा आज शोक वक्तव्य जारी गर्दै उनले “नेपाली काँग्रेस काठमाडौँका पूर्व सभापति, पूर्वस्वास्थ्य राज्यमन्त्री, मुलुकको लोकतान्त्रिक आन्दोलनका योद्धा डंगोलको निधनको खबरले मलाई अत्यन्त दुखित बनाएको छ । उनले काँग्रेसको सङ्गठन निर्माण र देशको लोकतान्त्रिक आन्दोलनमा निर्वाह गरेको नेतृत्वदायी भूमिका पार्टीले बिर्सने छैन ।”
सभापति देउवाले शोरेका छन् । नेता डंगोलको शुक्रबार राति ७७ वर्षको उमेरमा निधन भएको हो । उनको पार्थिव शरीरलाई आज बिहान ११:०० बजेदेखि नै पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिएको छ । दिउँसो १:०० बजेसम्म शव राखिने काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । अपराह्न २:०० बजे काठमाडौँको टेकु दोभानमा उनको दाहसंस्कार गरिनेछ ।
सभापति देउवाले नेता डंगोलको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् ।