काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराई भारत प्रस्थान गरेका छन् ।
उनी प्रगतिशील नेपाली समाज, भारतको अधिवेशनमा अतिथिका रूपमा सहभागी हुन आज गएको पार्टी उपाध्यक्ष मानुषी यमीले जानकारी दिए । आइतबारदेखि भारतको फरिदावादमा समाजको अधिवेशन सुरु हुँदैछ ।
डा. भट्टराईका साथ उपाध्यक्ष एवं विदेश विभाग प्रमुख मानुषी र सचिव एवं प्रवास प्रदेशअन्तर्गत भारतका ईन्चार्ज सन्देश कार्की रहेका छन् ।