२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

परीक्षणमै सीमित बागलुङमा प्याराग्लाइडिङ

अ+ अ-

 बागलुङ । बागलुङमा प्याराग्लाइडिङको  सम्भावना राम्रो रहेको परीक्षण उडानले पुष्टि गरेको थियो । उच्च पहाडको एक दर्जन बढी स्थानबाट विभिन्न समयमा प्याराग्लाइडिङको सफल परीक्षण भइसकेका छन् । बागलुङ महोत्सव र बलेवा महोत्सवमा प्याराग्लाइडिङलाई व्यावसायिकता दिने प्रयास गरिएको थियो । 

सफल परीक्षण भए पनि हालसम्म व्यावसायिक प्याराग्लाइडिङ हुन सकेका छैनन् । गण्डकी प्रदेश सरकारले २०७७ सालमा बलेवामा प्याराग्लाइडिङका लागि पूर्वाधार समेत निर्माण गरेको थियो । तर, त्यो प्रयोग विहीन भएको छ । 

यहाँका बागलुङ नगरपालिका-६ भरिलाखुरी, बागलुङ नगरपालिका-१३ पहरेडाँडा, ढोरपाटन नगरपालिका-९ ढोरपाटन उपत्यका, गलकोट नगरपालिका-७ राम्चेढुंगालगायतका स्थानबाट विभिन्न समयमा परीक्षण उडान भइसकेका छन् । 

बलेवामा प्याराग्लाइडिङका लागि पोखराको सरांकोटको विकल्पमा बनाइएका पूर्वाधार पाँच वर्षदेखि प्रयोग विहीन छ । गण्डकी प्रदेश सरकारले २०७७ सालमा रु. २० लाख खर्चेर बलेवाको पहरेडाँडामा विभिन्न संरचना बनाए पनि प्रयोगमा ल्याउन नसकिएको बागलुङ नगरपालिका-१३ का वडा अध्यक्ष नारायण शर्मा पौडेलले जानकारी दिए ।

“पाँच वर्षअघि बलेवामा प्याराग्लाइडिङ हुने भएपछि निकै उत्साहित थियौँ, २०७५ सालको बलेवा महोत्सवमा उडान भरेको स्थान उपयुक्त भएको प्यारापाइलटले जनाएपछि पहरेडाँडामा प्याराग्लाइडिङका लागि मैदान, विश्राम स्थल भवन र शौचालय तयार गरे पनि प्रयोगमा आएको छैन,” वडा अध्यक्ष शर्माले भने, “पूर्वाधार बन्यो, व्यावसायिक उडान हुन सकेन, अहिले पोखराको प्याराग्लाइडिङ व्यवसाय धरापमा परेपछि झनै आश मर्‍यो ।”

प्रदेश सरकारले बागलुङको बलेवा, पर्वतको बिहादी, लमजुङको राइनासकोट, स्याङ्जाको न्यौपानेडाँडा र कास्कीको अर्मलालाई प्याराग्लाइडिङको विकल्पका रूपमा राखेर पूर्वाधार निर्माण गर्न बजेट विनियोजन गरेको थियो । 

साहसिक पर्यटनका पूर्वाधारसमेत बलेवामा रहेकाले यहाँ प्याराग्लाइडिङको सम्भावना प्रचुर भए पनि व्यावसायिकता पाउन सडक पूर्वाधारलगायतलाई प्राथमिकता दिनुपर्ने स्थानीयको भनाइ छ ।