२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बागमतीको नीति तथा कार्यक्रम बहुमतले पारित

अ+ अ-

काठमाडौँ । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । 

प्रदेश सभाको १४ जेठमा भएको बैठकमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले १ सय १६ वटा बुँदाको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

बैठकमा मुख्यमन्त्री बहादुर सिंह लामाले आगामी आर्थिक वर्षको नीति कार्यक्रम पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । सभामुख भुवनकुमार पाठकले नीति तथा कार्यक्रम पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे ।

सांसदहरु सुष्मा भुजेल, युवराज चौलागाईं र सृजना सयजूले राखेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । संशोधन प्रस्तावको पक्ष र विपक्षीमा मत जाहेर हुँदा बैठक स्थलमा हाँसो भएको थियो ।

सुष्मा भुजेललगायतका सांसदले संयुक्त रूपमा राखेको नीति तथा कार्यक्रममाथिको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । सभामुख भुवनकुमार पाठकले प्रस्ताव फिर्ता लिन समय दिएकोमा उनले प्रतिपक्षले सरकारको आलोचना मात्र नभई रचनात्मक सहयोग पनि गर्ने बताउँदै प्रस्ताव फिर्ता नलिने बताएकी थिइन् ।

संशोधन प्रस्तावको पक्षमा नेकपा माओवादी केन्द्रका सांसदले हुन्छ भन्ने ठूलो आवाजसँगै हात उठाएपछि सभामुख पाठकसहित सांसदहरूको हाँसो गुन्जिएको थियो ।

विपक्षमा सत्तारुढ दल नेपाली काँग्रेस र एमालेका सांसदहरुले पनि ठूलो स्वरमा हुन्न भन्दै मुखामुख गरेका थिए । हुन्न भन्ने पक्षका सांसदहरूको बहुमत भएपछि संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको सभामुख पाठकले घोषणा गरे ।

सरकारले पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको थियो । नीति तथा कार्यक्रमले भौतिक पूर्वाधारलाई प्राथमिकता दिँदै सडक स्तरोन्नति र नयाँ सडक ट्रयाक खोल्न निरुत्साहित गर्नेदेखि वित्तीय तथा व्यवस्थापकीय जोखिममा रहेका सहकारी संस्थाहरूको अध्ययन, विश्लेषण र वर्गीकरण गर्नुका साथै बचतकर्ताहरूको बचत तथा लगानी संरक्षणमा जोड दिइनेसम्मका योजना थिए ।

सभामुख पाठकले ३० जेठसम्मको लागि प्रदेशसभा बैठक स्थगित गरेका छन् । बागमती प्रदेश सरकारले आगामी आवका लागि १ असारमा बजेट ल्याउँदै छ ।