काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा आज पनि विपक्षी दलले अवरोध गरेका छन् ।
दलीय आधारमा बोल्न दिने र बैठकको गाँठो फुकाउन सभामुखले गरेको आग्रहलाई सांसदहरूले अस्वीकार गरेका छन् ।
नियमित कार्यसूचीमा सदनलाई लैजान दलहरूलाई सहमतिको लागि भन्दै सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गरेका छन् ।







