२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुनचाँदी व्यवसायी आन्दोलनमा, पसल बन्द गरिने

अ+ अ-

काठमाडौँ । बुटवल सुनचाँदी व्यवसायी संघ विलासिता कर र भ्याट खारेजीको मागसहित आन्दोलनमा उत्रेका छन्।

संघले सरकारले आव २०८२/०८३ को बजेट वक्तव्यमार्फत सुनचाँदी तथा हिरा पत्थरका गरगहनामा विलासिता कर र भ्याट लगाउने जनाएपछि त्यसले उपभोक्तालाई मर्का पर्नुका साथै सुनचाँदी व्यवसायलाई धारासायी बनाउने भन्दै आव्हान गरिएको चरणबद्ध आन्दोलनलाई सफल बनाउन सबै व्यवसायीहरूलाई आग्रह गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघले संयुक्त रूपमा सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट वक्तव्यमार्फत सुन तथा सुनका गहनामा २ प्रतिशत विलासिता कर लगाउने र हिरा जवाहरत लगायत बहुमूल्य वस्तुमा १३ प्रतिशत भ्याट लगाउने घोषणा गरेपछि त्यसको खारेजीको माग गर्दै चरणबद्ध आन्दोलनको घोषणा गरेका हुन् ।

संयुक्त रूपमा गरिएको चरणबद्ध आन्दोलनको कार्यक्रमका बारेमा छलफल गर्न बुटवल सुनचाँदी व्यवसायी संघ, बुटवलको बुधवार बसेको आकस्मिक बैठकले आफ्ना सबै व्यवसायीहरूलाई घोषित कार्यक्रमलाई सफल बनाउन आव्हान गर्दै एकजुट हुन अनुरोध गरेको छ ।

बैठकपछि संघका अध्यक्ष गोकुल विश्वकर्माले एक विज्ञप्ति जारी गर्दै घोषित कार्यक्रम अन्तरगत जेठ २९ र ३० गतेको दुई दिन व्यवसाय (पसल) बन्द गर्न सबैलाई अनुरोध गरेका छन् ।

विज्ञप्तिमा सुनचाँदी व्यवसाय आर्थिक मन्दिका कारण दिन प्रतिदिन ओरालो लागिरहेको र सुनको मूल्यमा उच्च वृद्धि भइरहेको अवस्थामा सुनलाई विलासिताको वस्तु भनी सुनका गरगहनामा विलासिता कर २ प्रतिशत र हिरा तथा जवहरातमा लगाइएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर भ्याट लगाई व्यवसायीहरूलाई व्यवसायबाट विस्थापित गर्ने स्थिति सिर्जना गरिएको जनाइएको छ ।

अहिले पनि छिमेकी भारतको भन्सार दर र नेपालको सुन आयातको भन्सार दरमा एकरूपमा नहुँदा नेपाली उपभोक्ताहरू सिमानाका बजारहरूमा सुनका गरगहना किन्न जाने अवस्था रहेको उल्लेख गर्दै बजेट वक्तव्यमार्फत लिएको नीति कार्यान्वयन भएमा व्यवसायमा नकारात्मक असर पर्ने जनाइएको छ ।