२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बर्खा लागेसँगै महानगरले थाल्यो मनसुनजन्य विपद् प्रतिकार्य तयारी

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले मनसुन सुरु भएसँगै विपद् प्रतिकार्य तयारी गरेको छ ।

आज शुक्रबार महानगर प्रहरी बल, सशस्त्र प्रहरी बल नेपाल २४ गुल्म हेडक्वार्टर र नेपाल प्रहरीको संयुक्त आयोजनामा रानीपोखरीमा मनसुनजन्य विपद् प्रतिकार्य संयुक्त कृत्रिम अभ्यास गरिएको हो ।

अभ्यासमा पानीमा डुबेको व्यक्तिलाई डोरीको मद्दतले उद्धार गर्ने, ढुंगा तथा अन्य स्थानीय स्तरमा उपलब्ध स्रोतसाधन उपयोग गर्ने, उद्धारकर्ता पौडेर गएर बचाउने, खहरेमा परेको व्यक्तिलाई बचाउने, डुंगा पल्टियो भने त्यसलाई व्यवस्थापन गर्ने, पानीबाट उद्धार गरिएको व्यक्तिलाई प्राथमिक स्वास्थ्योपचार गर्ने, आवश्यकताका आधारमा अस्पताल लैजाने अभ्यास गरिएको थियो । यसका लागि महानगर प्रहरी बल, नेपाल प्रहरी र सशस्त्र प्रहरीका एक-एक वटा डुंगा प्रयोग गरिएका थिए ।

गत वर्ष जल उत्पन्न प्रकोपले काठमाडौंमा जनधनको क्षति गरेको थियो । यस वर्ष औसतभन्दा धेरै वर्षा हुने अनुमान गरिएको छ । यसबाट आउन सक्ने बाढी र डुबानजस्ता विपद्बाट जनधनको क्षति घटाउन अभ्यास गरिएको हो ।

महानगरले १ नगर प्रहरी निरीक्षक, १६ नगर प्रहरी हवल्दार र ३ नगर प्रहरी जवान गरी २० जनालाई जलजन्य विपद् व्यवस्थापन प्रतिकार्य तालिम दिएको हो ।

आजको अभ्यासमा नेपाल रेडक्रस सोसाइटी, स्काउट सहित साझेदारले भाग लिएका थिए ।

नागरिकका आँगनमै रहेकाले विपद्जन्य घटनामा सबैभन्दा पहिलो सम्पर्क हुने सरकारको निकाय स्थानीय तह भएको बताउँदै काठमाडौं महानगर उपप्रमुख सुनिता डंगोलले महानगरले यो दायित्व पूरा गराउन नीति, योजना तथा कार्यक्रम र बजेट व्यवस्था गरेर काम गरिरहेको बताइन् ।

‘तहगत सरकारका बीचमा समन्वय र सहकार्य संविधानको मर्म हो । आजको कृत्रिम अभ्यास यसको उदाहरण हो,’ उनले भनिन्, ‘गएको वर्षको पानीजन्य विपद्ले पाठ सिकाएको छ । त्यस समयमा गरिएको सिकाइलाई आधार मानेर दक्षता बढाउनु पर्छ । सम्भावित प्रकोप व्यवस्थापन गर्न तयारी अवस्थामा रहनुपर्छ ।’

कार्यक्रममा सशस्त्र प्रहरी बलका वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठले साझेदारका बीचमा भएको स्रोत, सिप र क्षमता एकीकृत गरेर विपद् सामना प्रभावकारी बनाउन सकिन्छ भन्ने आजको कार्यक्रमले दिएको सन्देश रहेको बताए ।