२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

युवालाई स्वस्थ बनाउन खेलसँग जोड्नुपर्नेमा मन्त्री पौडेलको जोड

अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले युवालाई स्वस्थ बनाउन खेलकुद क्षेत्रसँग जोड्नुपर्ने बताएका छन् ।

काठमाडौँ महानगरपालिका-२६ ले आजदेखि आयोजना गरेको ‘काठमाडौँ जिल्लाव्यापी बृहत् खेलकुद प्रतियोगिता’ को आज यहाँ उद्घाटन गर्दै मन्त्री पौडेलले सुखी बन्नका लागि नियमित खेलकुद र शारीरिक अभ्यास आवश्यक रहेको बताएका हुन् ।

“शारीरिक व्यायाम नियमित गर्‍यो भने व्यक्ति सुखी र खुसी भएर बाँच्न सक्छ, खेलले व्यक्तिलाई स्वस्थ र अनुशासित बनाउँछ”, मन्त्री पौडेलले भने । वडा, पालिका र देश/देशबीचलाई खेलकुद क्षेत्रले जोडेको उनले बताए ।

मन्त्री पौडेलले सबै तहका सरकारले खेलकुद क्षेत्रमा लगानी गर्न सके नागरिकलाई स्वस्थ बनाउन सकिने उल्लेख गरे । राष्ट्रिय पहिचानका लागि खेलकुद क्षेत्रमा लगानी आवश्यक रहेको उनको भनाइ थियो । कुनै पनि संस्थाले दिने सामाजिक उत्तरदायित्वको रकम खेलकुद क्षेत्रमा लगाउनुपर्ने उनले बताए । 

काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले खेलकुद क्षेत्रबाट प्रतिस्पर्धा मात्र नभएर आत्मीयतासमेत बढ्ने बताइन् । महानगरले केन्द्रीकृत मात्र होइन विकेन्द्रीकरण गर्नुपर्छ भनेर वडा कार्यालयमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उनले बताइन् । वडालाई सक्षम बनाउने गरी महानगरपालिकाले नीति, बजेट र कार्यक्रम बनाउँदै आएको उनको भनाइ थियो । उपप्रमुख डंगोलले स्वस्थ, अनुशासित र टिमवर्कमा काम गर्न खेलकुद क्षेत्रले सिकाउने बताइन् । 

काठमाडौँ महानगरपालिका-२६ का वडाध्यक्ष ख्यामराज तिवारीले समग्र खेल क्षेत्रको विकासका लागि वडाले जिल्ला स्तरीय खेलकुद प्रतियोगिता आयोजना गरेको बताए । वडाले खेल क्षेत्रको विकासका लागि चालू आवमा रु. ३५ लाख रकम विनियोजन गरेको छ ।

काठमाडौँ जिल्लाव्यापी बृहत् खेलकुद प्रतियोगिता-२०८२ का संयोजक प्रवेश श्रेष्ठले आठ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा काठमाडौँ महानगरपालिकाभित्रका ३२ वटै वडा र काठमाडौँभित्रका अन्य १० नगरपालिकाका खेलाडीको सहभागिता रहेको बताए । प्रतियोगितामा फुटसल, टेबुलटेनिस, तेक्वान्दो र करातेका दुई विधा गरी पाँच विधामा स्पर्धा हुने छ ।

प्रतियोगिताअन्तर्गत फुटसल विधामा प्रथम हुने टोलीलाई रु एक लाख ५० हजार, उपविजेता टोलीलाई रु. ७५ हजार र उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई जनही रु. १० हजार पुरस्कार प्रदान गरिने छ ।

यसैगरी, तेक्वान्दोतर्फ प्रथम, द्वितीय र तृतीय हुने टोलीलाई क्रमशः रु. ७५ हजार, रु ५० हजार र रु. २५ हजार तथा उत्कृष्ट खेलाडीलाई रु १० हजार प्रदान गरिनेछ ।