काठमाडौँ । काभ्रेपालनञ्चोकको भुम्लु गाउँपालिकालाई पहिलो डढेलो मुक्त घोषणा गरिएको छ ।
मंगलवार जिल्ला समन्वय समितिको आठौँ सभा तथा आर्थिक वर्ष २०८१/८२ को प्रगति समीक्षा कार्यक्रममा १३ स्थानीय तह माध्यमा भुम्लु गाउँपालिकालाई पहिलो डढेलो मुक्त घोषण गरिएको हो ।
कार्यक्रममा डढेलो मुक्त घोषण गर्न सफल भएको उपलक्ष्यमा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर भुजेललाई उत्कृष्ट पुरस्कारसहित सम्मान गरिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पोलिटब्यूरो सदस्य गोकुलप्रसाद बाँस्कोटा र जिसस प्रमुख दीपककुमार गौतमले संयुक्त रूपमा सम्मान गरेका थिए । पालीकाले हरेक वर्ष हिउँद महिनामा डढेलोको मार भोग्नु परेको थियो ।








