२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नियमविपरीत पशु ढुवानी गर्ने ५३ सवारीसाधनलाई कारबाही

अ+ अ-

चितवन । नियम विपरीत पशु ढुवानी गर्ने ५३ सवारीसाधनलाई पशु क्वारेन्टाइन चेकपोष्ट रामनगरले कारबाही गरेको छ । कार्यालयले आज यहाँ सुरक्षाकर्मी लगायतका सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरी चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको प्रगति विवरण सार्वजनिक गरेको हो ।

सो क्रममा कार्यालय प्रमुख डा.कृष्ण पौडेलले ऐन नियमावली तथा पशु ढुवानी मापदण्डविपरीत अवैध रूपमा आयात तथा ओसारपसार गरिएका गोरु, राँगा, भैँसी, कुखुराका चल्ला, मासु, अण्डा, माछालगायत नष्ट गरी ती सवारीसाधनलाई कारबाही गरिएको बताए । उनका अनुसार ती सवारीसाधनबाट रु एक लाख २३ हजार पाँच सय जरिवाना बापत राजस्व संकलन गरिएको छ ।

उनका अनुसार यस कार्यालयबाट जाँचका क्रममा सबैभन्दा धेरै बोइलर कुखुराका चल्ला ओसारपसार हुने गरेको छ । तेस्रो त्रैमासिकसम्म बोइलर चल्ला ७७ लाख ३० हजार ९८५ वटा यस कार्यालय हुँदै भित्रने र बाहिरिएका छन् । यस्तै १० लाख ५९ हजार ४७६ अण्डाका पेटी जिल्लाबाट बाहिरिएको उनले जानकारी दिए । बोका, खसी, बाख्रा एक लाख ४० हजार १२४, राँगा, पाडा, पाडी ८३ हजार २८१, भैँसी ७७५, गाई ३२४ यस बाटोबाट गएका छन् ।

पौडेलका अनुसार यो बाटो हुँदै तयारी मासुमा माछा ४११ दशमलव ३०९ मेट्रिकटन, राँगा, भैँसीको मासु १७६ दशमलव ८८३ मेट्रिकटन, खसीको मासु ५५ दशमलव ५९७ मेट्रिकटन, कुखुराको मासु १३५ दशमलव ५८ मेट्रिकटन र वंगुरको मासु १७८ दशमलव ९६६ मेट्रिकटन यस सडकको बाटो हुँदै गएको छ ।

ढुवानी गरेर ल्याइएका पशुका लागि पशु विश्रामस्थल र अवैध रूपमा ल्याइएका वा मरेका पशुलाई नष्ट गर्ने वायोलोजिकल पिटको अभावका कारण समस्या भएको उनले बताए। पशुलाई ढुवानी गरेर ल्याएपछि आठ घण्टासम्म विश्रामको आवश्यकता पर्ने भए पनि विश्रामस्थल नहुँदा समस्या भएको उनले जानकारी दिए।

कार्यक्रममा राष्ट्रिय पंक्षी रोग अन्वेषण प्रयोगशाला चितवनका प्रमुख डा विजय श्रेष्ठले स्थानीय तहमा वास्तविक विवरण आउन नसक्दा समस्या भएको बताए। आन्तरिक ओसारपसारका लागि स्थानीय तह जिम्मेवार बन्नु आवश्यक रहेको उनको भनाइ थियो । अहिले पशु क्वारेन्टाइन नहुँदा पशु हाटबजार रोग फैलाउने ‘हट स्पोट’ का रूपमा रहेको उनको भनाइ थियो ।

सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले अवैध रूपमा हुने ओसारपसार रोक्न स्थानीय प्रशासनले काम गरिरहेको बताए । उनले भने, “हामीले सबै स्थानमा कडाइका साथ जाँच गरिरहेका छौँ, त्यस्तो भेटिए कारबाही गर्छौँ ।” 

सो अवसरमा नेपाल पत्रकार महासंघ जिल्ला शाखाका अध्यक्ष वसन्त पराजुली, नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष रघुनाथ भट्ट, ह्याचरी उद्योग संघका महासचिव ज्ञानबहादुर बिसुराललगायतले छिमेकी देशको खुला नाकाका कारण व्यवसायी मारमा परेको भन्दै यसलाई कडाइ गर्न आग्रह गरे ।