२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बीवाईडी डल्फिनको बहुप्रतिक्षित २०२५ संस्करण सार्वजनिक : पहिलो पटक लिथियम आइरन फस्फेट लो भोल्टेज ब्याट्री प्रयोग 

अ+ अ-

काठमाडौँ । नेपालको इलेक्ट्रिक सवारी बजारमा बीवाईडी अटो इन्डष्ट्रि कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स इंक प्रा. लि. ले बीवाईडी डल्फिन २०२५ को बहुप्रतिक्षित संस्करण सार्वजनिक गरेको छ । उद्योगमै पहिलो लिथियम आइरन फस्फेट (एलएफपी) लो भोल्टेज ब्याट्री (एलभीबी) सहित आएको यो इलेक्ट्रिक ह्याचब्याकले प्रविधि, प्रदर्शन, र वातावरणमैत्री डिजाइनमा नयाँ मापदण्ड स्थापित गरेको छ ।

क्रान्तिकारी एलएफपी लो भोल्टेज ब्याट्री
बीवाईडी डल्फिन २०२५ को सबैभन्दा उल्लेखनीय विशेषता यसमा प्रयोग भएको ईभी उद्योगमै पहिलो एलएफपी लो भोल्टेज ब्याट्री हो । परम्परागत लिड-एसिड ब्याट्रीलाई विस्थापित गर्ने यो ब्याट्री ६ गुणा हल्का, ५ गुणा कम सेल्फ-डिस्चार्ज दर भएको र १५ वर्षसम्मको आयु भएको छ । यो प्रविधिले लो-भोल्टेज ऊर्जा भण्डारण र विश्वसनीयतामा विश्व स्तरीय मापदण्ड कायम गरेको छ । ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरको वारेन्टीसहित यो ब्याट्रीले ग्राहकहरूलाई दीर्घकालीन विश्वास र लागत बचतको ग्यारेन्टी प्रदान गर्ने वितरक साइमेक्सको भनाई छ । 

शक्तिशाली प्रदर्शन र रेन्ज
बीवाईडीको अत्याधुनिक ई–प्लेटफर्म ३.० र सुरक्षित ब्लेड ब्याट्री प्रविधिमा आधारित डल्फिन २०२५ ले ३४० किलोमिटरको डब्लुएलटीपी रेन्ज प्रदान गर्नुका साथै यो रेन्जले शहरी र लामो दूरीको यात्रालाई सहज बनाउने दाबी गरिएको छ । डिसी फास्ट चार्जिङ सुविधाले ब्याट्रीलाई केवल ३० मिनेटमा ८० प्रतिशतसम्म चार्ज गर्न सक्छ, जसले समयको बचत र सुविधाजनक यात्राको अनुभव प्रदान गर्छ ।

उन्नत र आकर्षक विशेषताहरू
बीवाईडी डल्फिन २०२५ मा नेपालको विविध भू-परिस्थितिलाई ध्यानमा राखी डिजाइन गरिएका अनेकौँ उन्नत सुविधाहरू समावेश छन् । नेपालका उबडखाबड सडक र पहाडी मार्गहरूमा सहज र नियन्त्रित ड्राइभिङका लागि स्पोर्टी ह्यान्डलिङसहित ट्युन गरिएको सस्पेन्सन समावेश गरिएको कम्पनीले जनाएको छ । रातको समयमा उच्च दृश्यता र सुरक्षित यात्राका लागि उन्नत एलईडी हेडलाइट्स जडान गरिएको छ । उन्नत कुलिङ र हिटिङ कार्यक्षमतासहितको सुधारिएको एसी सिस्टमले हरेक मौसममा यात्रुहरूलाई आरामदायी अनुभव प्रदान गर्ने जनाइएको छ । यसबाहेक, मोबाइल फोन एनएफसी की, ब्लुटुथ की र प्यासेन्जर डोर स्विचजस्ता स्मार्ट सुविधाहरूले प्रयोगकर्ताको सुविधालाई अझ सहज र आधुनिक बनाएको छ । यी विशेषताहरूले डल्फिनलाई प्रविधि र व्यावहारिकताको उत्कृष्ट संयोजन बनाएको छ ।

स्टाइलिश डिजाइन र रङ्ग विकल्प
बीवाईडी डल्फिन २०२५ मा नयाँ र आकर्षक एटलान्टिस ग्रे रङ्ग थपिएको छ, जसले गाडीको रङ्ग विकल्पलाई अर्बन ग्रे र स्की ह्वाइटसहित तीन बनाएको छ । यो नयाँ रङले गाडीको सौन्दर्यलाई थप आकर्षक बनाएको छ, जसले विशेष गरी युवा र ट्रेन्डी ग्राहकहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ । गाडीको बाहिरी डिजाइन र आन्तरिक सौन्दर्यले आधुनिक जीवनशैलीसँग मेल खान्छ ।

प्रतिस्पर्धी मूल्य र प्याकेज
यी सबै अत्याधुनिक प्रविधि र सुविधाहरूसहित बीवाईडी डल्फिन २०२५ को मूल्य रु. ४१.१५ लाख तोकिएको छ । यो मूल्यमा ७ किलोवाटको होम चार्जर पनि समावेश छ, जसले ग्राहकहरूलाई घरमै सहज चार्जिङको सुविधा प्रदान गर्ने कम्पनीको भनाई छ । यो मूल्यले डल्फिनलाई नेपालको मध्यम वर्गीय परिवारहरूका लागि आकर्षक र पहुँचयोग्य बनाएको कम्पनीले जनाएको छ । 

विश्वव्यापी र स्थानीय उपलब्धि
सार्वजनिक समारोहमा बीवाईडी डल्फिनको विश्वव्यापी बिक्री ८ लाख ३० हजार युनिट पुगेको ऐतिहासिक उपलब्धिलाई उत्सवका साथ मनाइएको छ । नेपालमा २,४९० युनिट डेलिभर भएको छ, जसले यो गाडीलाई नेपालको सबैभन्दा लोकप्रिय इलेक्ट्रिक ह्याचब्याक बनाएको छ । यो तथ्याङ्कले नेपालमा इलेक्ट्रिक मोबिलिटीप्रतिको बढ्दो विश्वास र स्वीकार्यतालाई प्रष्ट पारेको समेत कम्पनीको दाबी छ । डल्फिनको यो लोकप्रियता यसको उत्कृष्ट प्रदर्शन, सहजता र वातावरणमैत्री डिजाइनको कारणले सम्भव भएको बताइएको छ । 

हरित भविष्यप्रतिको प्रतिबद्धता
साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले सार्वजनिक समारोहमा बोल्दै भनिन्, “हामी टिकाउ मोबिलिटी र ग्राहक केन्द्रित नवप्रवर्तनमा प्रतिबद्ध छौँ । बीवाईडी डल्फिन २०२५ केवल गाडीको अपग्रेड होइन, यो नेपालको हरित भविष्यतर्फको हाम्रो यात्राको निरन्तरता हो ।”

त्यस्तै, प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले थपे, “बीवाईडी डल्फिन केवल गाडी होइन, यो इलेक्ट्रिक जीवनशैलीको वाहक हो। हामी स्वदेशी ऊर्जाको उपयोग, शून्य उत्सर्जन, र बिक्रीदेखि सेवा–पश्चात्सम्म उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्न प्रतिबद्ध छौँ ।”

उपलब्धता र टेस्ट ड्राइभ
बीवाईडी डल्फिन २०२५ हाल नेपालभरका बीवाईडी शोरूमहरू र डिलर नेटवर्कहरूमा टेस्ट ड्राइभ र बुकिङका लागि उपलब्ध छ । इच्छुक ग्राहकहरूले नजिकैको शोरूममा सम्पर्क गरी यो अत्याधुनिक इलेक्ट्रिक ह्याचब्याकको अनुभव लिन सक्छन् ।

क्रान्तिकारी एलएफपी ब्याट्री, उन्नत सुविधाहरू र किफायती मूल्यको संयोजनले यो गाडीलाई शहरी जीवनशैली र दिगो भविष्यको चाहना राख्ने ग्राहकहरूका लागि आदर्श विकल्प बनाएको कम्पनीले जनाएको छ ।