२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

४ अंकले बढ्यो सेयर बजार 

अ+ अ-

काठमाडौँ। नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा सोमबार ४ अंकको सुधार आएको छ । गत साता मंगलबारदेखि निरन्तर घटेको नेप्से सोमबार बढेको हो ।

सोमबार नेप्से परिसूचकमा सुधार आए पनि कारोबार रकममा भने कमी आएको छ । कारोबार सुरु हुँदा २५९५.९७ अंकमा रहेको नेप्से बन्द हुँदा ४.७८ अंकले बढेर २६००.७६ अंकमा पुगेको छ । सोमबार नेप्से सूचकसँगै सेन्सेटिभ इन्डेक्स पनि बढेको छ ।

सोमबार जोशी हाइड्रो कम्पनी र पञ्चकन्या माई हाइड्रो कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । तर, गुराँस लघुवित्तको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।

नेप्सेमा कारोबार भएका १ सय २३ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय २४ कम्पनीको मूल्य घटेको छ । साथै, बैंक तथा फाइनान्स कम्पनीको सेयर मूल्यमा सुधार आएपछि त्यसको सकारात्मक प्रभाव समग्र नेप्से सूचकमा देखिएको हो ।

सोमबार नेप्सेमा कारोबार भएका समूहगत सूचकमध्ये बैंकिङ २।०६, फाइनान्स १७.०६, होटेल ६०.५९, जलविद्युत् १४.८५, लगानी ०.४०, माइक्रोफाइनान्स ०.८६ र व्यापार समूह ९०.५१ अंकले बढेका छन् ।

तर, विकास बैंक ५.१९, जीवन बीमा ४९.६२, उत्पादनमूलक ४३.५४, सामूहिक लगानी कोष ०.०६, निर्जीवन बीमा २७.५९ र अन्य समूह ४.४८ अंकले घटेका छन् ।

त्यसैगरी सोमबार नेप्सेमा ३ सय २५ कम्पनीको ७० हजार ८ सय कारोबारबाट ६ अर्ब ४७ करोड रुपैयाँ बारबरको १ करोड ७५ लाख ८७ हजार कित्ता सेयर खरिद बिक्री भएको छ ।

सोमबारको कारोबार रकम आइतबारको तुलनामा करिब ३ अर्बले थोरै हो । आइतबार नेप्सेमा ९ अर्ब १४ करोड रुपैयाँ बराबर सेयर कारोबार भएको थियो ।