काठमाडौँ । इजरायली प्रधानमन्त्रीको कार्यालयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव गरेको इराक-इजरायल युद्धविराम सम्झौता स्वीकार गरेको छ ।
प्रधानमन्त्री कार्यालयले एक विज्ञप्ति जारी गर्दै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले उक्त प्रस्ताव स्वीकार गरेको जानकारी दिएको छ ।
प्रधानमन्त्री कार्यालयका अनुसार नेतान्याहुले आजै एक आधिकारिक वक्तव्य जारी गर्ने तयारी गरेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रुथ सोसल मा एक पोस्ट गर्दै युद्धविराम सुरु भइसकेको जनाए लगत्तै नेतान्याहुको यो भनाइ आएको हो । ‘युद्धविराम अब सुरु भइसकेको छ। कृपया यसको उल्लंघन नगर्नुहोस् !,’ ट्रम्पले भनेका थिए ।
ट्रम्पको दाबी स् इजरायल र इरान युद्धविराम गर्न सहमत
यसअघि उनले ट्रुथ सोसल मा नै इजरायल र इरानबीच युद्धविराम भएको घोषणा गरेका थिए ।
गए राति इजरायलले तेहरानमाथि क्षेप्यास्त्र हमला गरेको थियो। त्यसको जवाफ स्वरूप मंगलबार बिहान इरानले इजरायलतर्फ मिसाइल प्रहार गरेको थियो। इरानी आक्रमणमा चार जनाको मृत्यु भएको पुष्टि गरिएको छ।
इरानको सरकारी सञ्चारमाध्यमका अनुसार युद्धविराम लागु हुनु अघि ‘मिसाइल आक्रमणको अन्तिम चरण’ सम्पन्न भएको थियो।







